२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 1.03

Humidity: 24

Latest
प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता हुने महासंघ र थाईल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर प्रधानमन्त्री ओलीलाई थाइल्यान्डमा विशेष सम्मान- फोटो फिचर ‘लाज शरणम्’मार्फत् कुपोषणविरुद्ध जागरण चलाएका विकासको कुपोषणकै कारण मृत्यु ! काठमाडौंको तीनकुने घटनामा संलग्न थप १८ जना पक्राऊ चैत्र नवरात्रिको आध्यात्मिक रहस्य धनगढी एफसीको सहज जित तीनकुने घटना: जसले प्रदर्शन गरेको हो,उही जिम्मेवार हुन्छ: पूर्वराजाको सचिवालय २२ बल बाँकी छँदै पञ्जाबले लक्ष्य पूरा गर्‍यो, लखनउमाथि ८ विकेटको जित रोमाञ्चक जितसहित रियल मड्रिड कोपा डेल रेको फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली बन्धक बर्जरलाई रेडक्रसको जिम्मा लगाइयो



Hamas militants escort Isreali hostage Agam Berger (C) before handing her over to a Red Cross team in Jabalia on January 30, 2025, as part of their third hostage-prisoner exchange. (Photo by Omar AL-QATTAA / AFP)
अ+ अ-

काठमाडौँ । प्यालेस्टिनी लडाकू समूह (हमास)ले इजरायली महिला बन्धक अगम बर्जरलाई बिहीबार सुपुर्दगी गरेको छ ।

गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत तीन इजरायली र पाँच थाई बन्दीलाई बिहीबार रिहा गर्ने योजना अनुसार नै उहाँलाई रिहा गरिएको हो । अन्य दुई इजरायली र पाँच थाई बन्धकलाई पनि आजै रिहा गरिनेछ ।

उत्तरी गाजा पट्टीको जबालियाको एक मञ्चमा हमास लडाकूहरूले परेड गरेपछि सैन्य पोशाकमा सजिएका बर्जरलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरिएको थियो। इजरायली सेनाले बर्जर इजरायल फर्किएको र उहाँको ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’ पछि परिवारको जिम्मा लगाइने बताएको छ ।

यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार रिहा हुने तीन जना इजरायलीहरू आर्बेल येहुद, बर्जर र गादी मोसेस रहेको जनाएको थियो ।

हमास र सहयोगी लडाकू समूह इस्लामिक जिहादका स्रोतहरूले जबालिया शरणार्थी शिविर र खान युनिसमा हुने बताएको बन्धक आदानप्रदानको औपचारिक कार्यक्रम अघि इस्लामिक जिहाद समूहले मोसेस र येहुदले एकअर्कालाई अँगालो हालेको र मुस्कुराइरहेको भिडियो फुटेज प्रसारण गरेको थियो।