९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई राजविराजमा प्रशिक्षण गरिँदै



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहका जनप्रतिनिधिलाई आज प्रशिक्षण दिँदै छ । राप्रपालले सप्तरीको राजविराजमा जमघट र सार्थक छलफल गरेर आफ्ना जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागेको हो ।

राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित दुई दिने प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग लगायतका नेताहरुबाट सम्बोधन कार्यक्रम छ ।

प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङ्देनले राप्रपाको राजनीतिक दृष्टिकोण, विकासको वैकल्पिक मार्गचित्र र पार्टीको घोषणापत्रबारे जानकारी दिनुहुने छ ।

यस्तै स्थानीय तहको कानुन निर्माण र न्यायिक सवालबारे नेपाल सरकारका पूर्व सचिव राजीब गौतम, राजस्व अनुमान, बजेट तर्जुमा र अनुदानबारे पूर्वसचिव, राप्रपाका मूख्य सचिव केदारबहादुर अधिकारी, थानीय तहको सामाजिक मुद्धाका बारेमा नेपाल सरकारका पूर्वसचिव केदार न्यौपानेले जानकारी दिने कार्यक्रम छ ।

यस्तै स्थानीय तहमा मेलमिलाप र सिफारिशका कानुनी र व्यवहारिक पक्षबारे राजीब गौतम, व्यवस्थित वस्ती विकास, भवन संहिता र विपद व्यवस्थापनबारे डा. संजय उप्रेती र फोहोरमैला व्यवस्थापनबारे नवीन विकास महर्जनले कार्यपत्र प्रस्तुत गर्ने तय भएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुलाई विषयगत विज्ञहरुद्वारा विभिन्न विषयमा प्रशिक्षण दिइने विभागकी उपप्रमुखसमेत रहेकी पार्टीकी केन्द्रीय सदस्य खुस्बु ओलीले जानकारी दिइन् ।