९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकुम्भ मेलाको भागदौडमा ३० जनाको मृत्यु, ६० जना घाइते



अ+ अ-

काठमाडौँ। भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृतकमध्ये २५ जनाको सनाखत भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार साँझ मेला अधिकृत विजय किरण आनन्द र डीआईजी वैभव कृष्णले पत्रकार सम्मेलन गरी भागदौडमा ३० जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

डीआईजी वैभव कृष्णले भने, ‘भागदौडमा ३० जना भक्तजनको मृत्यु भयो। ६० जना घाइते भएका छन्। २५ वटा शवको पहिचान भइसकेको छ। मृत्यु हुनेहरूमा सबैभन्दा धेरै १९ जना उत्तर प्रदेशका, ४ जना कर्नाटकका र १/१ जना गुजरात र आसामका छन्।’

मेला लागेको ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीहरूले भक्तजनलाई सङ्गमतिर नभई नदीको किनारमै स्नान गर्न आग्रह गरेका छन् ।

अधिकारीहरूका अनुसार १३ जनवरीमा कुम्भमेला सुरु भएदेखि अहिलेसम्म झन्डै २५ करोड मानिसले स्नान गरिसकेका छन् । कुम्भ मेलालाई संसारकै सबैभन्दा ठूलो भेला मानिन्छ ।