१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमारलाई लाग्यो दुई खेलमा प्रतिबन्ध



अ+ अ-

पेरिस । फ्रान्सेली फुटबल संघले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारलाई बुधबार दुई खेलमा प्रतिबन्ध लगाएको छ । फ्रेन्च लिग वानमा मार्सेविरुद्धको खेलमा उनले रातो कार्ड पाएका थिए । खेलको अन्त्यमा सुरु भएको झगडामा उनीसँगै ५ खेलाडीले रातो कार्ड पाएका थिए ।

झगडाका क्रममा ब्राजिली खेलाडीले मार्सेका डिफेन्डर एलभारो गोन्जालेजलाई गालामा हानेका थिए र फुटबल संघले पूरा घटनाका छानबिन पनि गरिरहेको छ । नेयमारबिना बुधबार नै मैदानमा उत्रेको पीएसजीले लिगमा पहिलो जित निकाल्न सफल रह्यो । उसले मेट्जलाई १–० ले हरायो ।

खेलको निर्णायक गोल जुलियन ड्राक्सलरले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरेका थिए । डिफेन्डिङ च्याम्पियन पीएसजीले लिगका सुरुवाति दुई खेल गुमाएयता तेस्रो प्रयासमा पहिलो जित निकालेको हो । सन् २०१० यता पीएसजीले लगातार तीन खेलमा हार बेहोरेको छैन ।