• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ: अर्थमन्त्री पुन ★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले ★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो

हात्तीको आक्रमणबाट सेनाका अमल्दारको मृत्यु



चितवन । निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गाणमा कार्यरत अमल्दार गुप्तबहादुर थापाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हात्तीको आक्रमणमा परि सख्त घाइते थापाको उपचारका क्रममा शनिबार राति ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बाग्लुङको  फिम्ती गाउँपालिका–४ घर भई खड्गदल गणमा कार्यरत ३५ वर्षीय थापा शनिबार साँझ  ६ बजे निकुञ्ज सुरक्षार्थ साइकल गस्तीमा निस्किएको समयमा उनलाई निकुञ्जमै जङ्गली हात्ती ध्रुर्वेले आक्रमण गरेको थियो ।

दुई वर्षको पोथी गैँडा म-यो  

निकुञ्जको बाघमारा पोष्ट नजिक रहेको काब्रु तालमा दुई वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको छ ।उक्त गैँडा दुई दिनअघि भालेसँग जुँधेर मरेको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । 

गैँडाका खाग र खुर सुरक्षित रहेको छ ।  योसँगै निकुञ्जमा चालू आर्थिक वर्षमा २० गैँडा मरेकामा १८ वटा प्राकृतिक कारणले र दुई सिकारीले मारेका थिए । रासस