७ फाल्गुन २०८१, बुधबार
February 19, 2025 Wednesday
Latest
स्वास्थ्य शिविरबाट एकहजार बढी लाभान्वित तनहुँको व्यासमा तीनदिने सांस्कृतिक महोत्सव सुरु ‘नेपाली कांग्रेसको मिसन गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार’ महावीर पुनसहित रत्न-श्रेष्ठ पुरस्कार गुठी बागलुङद्वारा पाँच लेखक पुरस्कृत मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका अस्पतालको अनुगमन राजाको सन्देशलाई स्वागत गर्छौं, यो आन्दोलनको प्रस्थान बिन्दु हुनसक्छ– राजेन्द्र लिङदेन नेपाली कांग्रेस सामाजिक र आर्थिक क्रान्तिको अगुवा हो : प्रकाशशरण महत च्याम्पियन्स ट्रफीः विल योङ र टम लाथमको शतकमा न्यूजिल्याण्डले पाकिस्तानलाई दियो ३२१ रनको लक्ष्य नेपाल र ओमनबीच पर्यटनसम्बन्धी समझ्दारी पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले गरे ७ जनाको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो



अ+ अ-

मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ ।

आज बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन् ।

माघे औँसीका दिन नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणीधाममा स्नान गरेर सूर्यको आराधना गरेमा चिताएका पूरा हुने तथा पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास छ ।

मेलालाई व्यवस्थित गर्न विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहको संयोजकत्वमा गठित उपसमितिले आवश्यक व्यवस्था गरेको तथा सशस्त्र प्रहरी बलसहितको सुरक्षाकर्मीको टोली परिचालन गरेको छ ।

“स्वर्ण भद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीका घाटहरू स्नानका लागि व्यवस्थित बनाइएको छ”, वडाध्यक्ष शाहले भन्नुभयो, “नारायणी नदीमा डुङ्गा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को लागेको छ ।” श्रद्धालुहरु गएराति जागा भएर आज स्नानपछि पूजाअर्चना गरेर गन्तव्यतर्फ लागेका छन् । रासस