१३ श्रावण २०८३, बुधबार
,
Latest
कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु विपद् व्यवस्थापन सम्बन्धी कांग्रेसको विशेष प्रशिक्षण एक दिन सर्‍यो एक अर्ब ८९ करोडभन्दा बढीको हुण्डी कारोबारमा संलग्न आरोपित पक्राउ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, माईतीघरमा प्रदर्शन (तस्बिरसहित) राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापनाका लागि बलिदान दिने सहिदहरूप्रति श्रद्धसुमन व्यक्त गर्नुभएको छ ।

सहिद दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत पूर्वराष्ट्रपति भण्डारीले निरङ्कुश राणा शासनको अन्त्यका लागि जीवन उत्सर्ग गर्नुभएका शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र धर्मभक्त माथेमालगायत सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूको योगदान अमर रहेको बताउनुभएको छ ।

“सहिद दिवसमा सहिदहरूको बलिदान र योगदानको कदर गर्दै राष्ट्र निर्माणमा लाग्न र सहिदहरूको सपनालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दलका नेतृत्व, नागरिक समाजलगायत सम्पूर्णमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएकी छु”, एक्समा उहाँले लेख्नुभएको छ । रासस




भर्खरै