२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.35

Wind: 1.03

Humidity: 88

Latest
खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक अहिलेको व्यवस्थाबाट पछाडि फर्कने अवस्था छैन- गगन थापा राज्यले निर्मम दमन गरेको भन्दै राप्रपाबाट मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकुम्भमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु–तस्बिरहरु



अ+ अ-

प्रयागराज । भारतको प्रयागराजको संगम तटमा भागदौड मच्चिँदा मानवीय क्षति भएको छ ।

दुर्घटनामा १४ जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । ५० भन्दा बढी श्रद्धालु घाइते भएका छन् । यद्यपि प्रशासनले मृत्यु वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन । मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृतस्नान रद्द गरेका थिए ।

११ बजेपछि अमृतमा स्नान गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँग ४ पटक फोन गरेर घटनाको जानकारी लिएका थिए ।

अहिले अधिकारीहरुले हेलिकप्टरबाट महाकुम्भको अनुगमन गरिरहेका छन् । दुर्घटनाबारे मुख्यमन्त्री योगीले भने– ‘स्थिति नियन्त्रणमा छ । कुनै पनि प्रकारको अफवाहमा ध्यान नदिनुहोस् ।’

दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगमस्थलमा पुगेका थिए । घाइते र मृतकलाई अस्पताल लगिएको छ ।

आज महाकुम्भमा मौनी अमावस्याको स्नान हुने भएकाले करिब ९ करोड भक्तजन नगरमा उपस्थित हुने अनुमान गरिएको छ । प्रशासनका अनुसार राति अबेरसम्म संगमसहित ४४ घाटमा आठदेखि १० करोड भक्तजनले स्नान गर्ने अपेक्षा गरिएको छ ।

मंगलबार साढे ५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए । पूरै सहरमा सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ छन् ।

तस्बिरः एएफपी