१३ श्रावण २०८३, बुधबार
,
Latest
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार साह अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडर नियुक्तमा भएका छन् ।

नक्सालमा मंगलवार पत्रकार सम्मेलनमार्फत अप्टिमस ग्लोबललाई नेपाली क्रिकेट टोलीका ब्याटर अनिललाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अप्टिमस ग्लोवलले राष्ट्रिय क्रिकेट खेलाडी साहलाई तीन वर्षका लागि ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो ।

अप्टिमस ग्लोबलका अध्यक्ष असीम शर्मा मैनाली र क्रिकेटर साहबीच सम्झौतापत्रमार हस्ताक्षर भएको थियो ।

सो अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद संघका महासचिव राजीव गुरुङले पछिल्ला समय खेलाडीलाई शैक्षिक परामर्सदाताले खेलाडीलाई ब्राण्ड एम्बासडर नियुक्त गर्दै आएको उल्लेख गरे । उनले खेलाडीको अवस्था बुझेर नै यस क्षेत्रले खेलाडीहरूसँग सहकार्य गर्दै आएको धारणा राखे ।

शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष शेषराज भट्टराईले नेपाली क्रिकेटको विकास तथा उत्थानमा इक्यानका सदस्य संस्थाहरुको अग्रसरताको प्रसंशा गरे ।

अनिलको कप्तानीमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको थियो । उनी सन् २०१८ देखि राष्ट्रि«य क्रिकेट टिममा रही अन्तर्राष्ट्रि«य प्रतियोगिता खेलिरहेका छन् ।

क्रिकेटर साहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुशी व्यक्त गरे । यस्तो सहकार्यलाई जारी राखेमा नेपाली क्रिकेटले थप उचाई प्राप्त गर्ने साहको विश्वास छ । उनले खेलकुद र शिक्षा एकआपसमा राम्रोसँग जोडिँदा आएको र खेलकुदलाई माया गर्ने अधिकांश विद्यार्थीहरू रहेको बताए ।

शैक्षिक परामर्शदाता अप्टिमस ग्लोवलले अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत लगायतका देशका विश्वविद्यालयको डिग्री हासिल गर्ने नेपाली विद्यार्थीको चाहनामा सहयोग गर्दै आएको छ ।