२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकार ढल्न त ढल्छ, २०८४ को निर्वाचनपछि ढल्छ’



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने जिकिर गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अस्थिरता मच्चाउन खोज्नेहरुले सरकार ढल्छ भनेर प्रचार गरेकोमा आपत्ति समेत जनाउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै २०८४ को चुनावपछि मात्रै सरकार परिवर्तन हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘२०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ । सरकार ढल्छ भनेर मिति तोकेका तोकै छन्, यो सरकार ढल्छ तर, २०८४ को निर्वाचनपछि मात्रै । २०८४ को निर्वाचनमा के परिणाम आएपछि कसरी जान्छ भन्ने हुन्छ । सरकार मंसिरमा ढल्छ, तर मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन् ।’

प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई सत्यतथ्यमा आधारित भएर बहस गर्न पनि निर्देशन दिनुभयो ।