१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरी पैठारी नियन्त्रण गर्न मुख्य भन्सार कार्यालयहरूमा अर्थ समितिको अनुगमन



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको छ ।

मंगलवार अर्थ समितिका सदस्यहरुले महोत्तरीको जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको हो ।

मुख्य भन्सार नाकाहरूमा चोरी, पैठारी नियन्त्रण गर्न अर्थ समितिले मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गरिरहेको छ । अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालय अनुगमन गरिरहेको छ । उपसमितिका संयोजक नारायणी शर्माले समितिमा भन्सारमा चोरी पैठारी वृद्धि भएको धेरै गुनासो आएकाले समितिले देशभरका भन्सार कार्यालयको अनुगमन गरिरहेको बताउनु भयो । उहाँले समितिले भन्सार ऐन समेत बनाई रहेकाले भन्सारका समस्या र ऐनमा समावेश गराउनुपर्ने विषयको समेत प्रत्यक्ष अनुगमनमार्फत जानकारी दिने उद्देश्यले अहिलेसम्म नेपालगञ्ज भन्सार कार्यालय,कृष्णनगर,भैरहवा,विराटनगर हुँदै आज जलेश्वर भन्सार कार्यालयको अनुगमन सकिएको बताउनु भयो । उहाँले अनुगमनका क्रममा भन्सार कार्यालयहरुमा धेरै समस्या देखिएको बताउनु भयो । उहाँले भन्सार कार्यालयहरुले छोटी भन्सारहरुमार्फत धेरै चोरी निकासी भइरहेको पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘समितिको निर्णय अनुरुप नेपालगञ्ज भन्सार कार्यालय, कृष्णनगर, भैरहवा, विराटनगर हुँदै आज जलेश्वर भन्सार कार्यालय आइपुगेका छौं । वीरगञ्ज भन्सारको अनुगमन सकेर काठमाडौं फर्कन्छौं । भन्सारमा समस्याहरु धेरै छन् । भन्सारको कानून बनाउँदा भन्सारका दुई तीनवटा समस्या चोटी भन्सार कार्यालयहरुबाट धेरै चोरी निकासी भइरहेको छ । भन्सार ल्याव पनि निरिक्षण ग¥यौं । वास्तविकता अनुरुप भएको पाएको छैन । स्थानीय सरकार र भन्सार कर्मचारी बीचमा विवाद रहेको पाइयो । जुन स्थानीय सरकारले निर्देशन दिने र कर्मचारी स्थानीय सरकारको निर्देशन मान्ने वा भन्सार ऐन पालना गर्ने दोधारमा रहेको पाइयो । यो विषयमा कानूनमा समावेश गर्नुपर्नेछ ।’

समितिले अनुगमनका क्रममा राजश्व वृद्धिदर घट्नुका कारण, भन्सार चुहावट वृद्धि लगायतका विषयमा अनुगमन गरिरहेको जानकारी दिएको छ ।