१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा बसाइँ सार्ने इच्छा दोहोर्याउँदै ट्रम्प

गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा बसाइँ सार्ने इच्छा दोहोर्याउँदै ट्रम्प
अ अ+ अ-

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गाजाका प्यालेस्टिनीहरूलाई इजिप्ट वा जोर्डन जस्ता ‘सुरक्षित’ स्थानहरूमा सार्ने आफ्नो इच्छा दोहोर्याउनुभएको छ । साथै उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वासिङ्टनमा ‘चाँडै नै’ भेट गर्ने बताउनुभएको छ ।

उहाँले शनिबार इजरायल र हमासबीचको १५ महिनाभन्दा बढी चलेको युद्धले प्यालेस्टिनी क्षेत्रलाई ‘भग्नावशेष’ मा परिणत गरेपछि गाजालाई ‘सफा गर्ने’ विचार अघि सार्नुभएको थियो ।

“म तिनीहरूलाई बिना अवरोध र क्रान्ति र हिंसा बिना बस्न सक्ने क्षेत्रमा बसोबास गराउन चाहन्छु”, ती टिप्पणीहरूको बारेमा सोध्दा ट्रम्पले सोमबार साँझ एयर फोर्स वनमा पत्रकारहरूलाई भन्नुभयो, “तपाईंलाई थाहा छ, जब तपाईं गाजा पट्टीलाई हेर्नुहुन्छ, यो धेरै वर्षदेखि नरक जस्तै छ… यससँग सधैँ हिंसा जोडिएको छ ।”

दुई–राज्य समाधानका लागि यसको अर्थ के हुन्छ भन्ने प्रश्नमा उहाँले नेतन्याहुसँग ‘निकट भविष्यमा’ भेट गर्ने बताउनुभयो । “उहाँ मसँग भेट गर्न यहाँ आउँदै हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

ट्रम्पले हालैका दिनहरूमा जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग पनि वार्ता गर्नुभएको छ । अल–सिसीले ऐतिहासिक रूपमा प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने कुराको विरोध गर्दै आउनुभएको छ ।

“म उहाँले केही लिनुहुन्छ भन्ने चाहन्छु”, ट्रम्पले अल–सिसीका बारेमा भन्नुभयो, “हामीले उहाँहरूलाई धेरै मद्दत ग¥यौँ र म पक्का छु उहाँले हामीलाई मद्दत गर्नुहुनेछ, जसरी उहाँहरू भन्नुहुन्छ, यो एक कठिन छिमेक हो, तर म सोच्छु उहाँले यो गर्नुहुनेछ र म सोच्छु जोर्डनका राजाले पनि यो गर्नुहुनेछ ।”

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले प्रेरित युद्धले गाजा पट्टीका करिब २४ लाख बासिन्दा विस्थापित भएका छन् ।

पछिल्लो छ हप्तादेखि युद्धविराम चलिरहेको छ । युद्धविरामले गाजामा रहेका करिब एक हजार नौ सय प्यालेस्टिनी कैदीको सट्टामा ३३ जना बन्धकलाई रिहा गर्न अनुमति दिइएको छ ।

यो पहिलो चरणमा दोस्रो चरणका सर्तहरू अन्तिम बन्धकहरूलाई मुक्त गर्ने र युद्धलाई निश्चित अन्त्यमा ल्याउने उद्देश्यका साथ वार्ता गर्नुपर्नेछ ।

अन्तिम चरणमा गाजाको पुनर्निर्माण र बन्धकमा मृत्यु भएकाहरूको शव फिर्ता गर्ने काम समावेश हुनेछ ।

पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले गाजाको युद्ध–पश्चातको अवधिका लागि विभिन्न योजनाहरू तयार गरेको थियो तर ट्रम्पले अहिलेसम्म तिनको कुनै उल्लेख गर्नुभएको छैन ।