१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक करोड बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक करोड बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ
सांकेतिक तस्बिर
अ अ+ अ-
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई  पक्राउ परेका छन ।
सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै रु २२ लाख ३८ हजार , दवाडीले जापान पठाइदिने भनेर  दुई जनाबाट रु तीन लाख,  विकले सुरेन्द्रले अमेरिका पठाइने वहानामा रु ९७ लाख ५४ हजार  र पौडेलले कुवेत पठाइदिन्छु भन्दै रु  एक लाख ६० हजार ठगेका थिए ।
अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
अनलाइन जुवा खेलाएको अभियोगमा दुई जना पक्राउ
यसैबीच, अनलाइन जुवा खेलाएको अभियोगमा रामेछाप खाँडादेवी गाँउपालिका–९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ का  २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका छन् ।
समाचारकक्षका अनुसार उनीहरूले हालसम्म रु दुई करोड ४१ हजार ६ सय ३६  बराबरको कारोबार गरेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै प्रहरीले उनीहरूबाट नगद रु ९० हजार, चार थान मोबाइल सेट, सिपियु एक थान कम्प्यूटर,५९ वटा सिमकार्ड,  विभिन्न ब्याङका २७ थान एटिएम कार्ड र सात थान चेकबुक बरामद गरेको छ । उनीहरूलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौँ चलान गरिएको छ ।