२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएः काँग्रेस प्रमुख सचेतक घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको स्पष्ट पार्नुभयो । बैठक सकिएपछि प्रमुख सचेतक पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक घिमिरेले अध्यादेशबाटै सरकार चलाउने भनेको आरोप लगाउनुभएको थियो । सोही कुराको खण्डन गर्दै उहाँले आफूले बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई कानूनको रुप दिन ढिलाइ भइरहेको र यसले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटो, छरितो रुपमा टुंग्याउनुपर्ने कुरा राख्दा अतिरञ्जना फैल्याइएको बताउनु भयो । उहाँले कानून निर्माण गर्ने प्रक्रिया छिटो हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको सबैभन्दा ठूलो दलले अध्यादेशबाट सरकार चलाइन्छ भन्नेकुरा भन्नुभयो भन्नेकुरा सुनेँ । हाम्रो कानून निर्माण गर्ने प्रक्रिया संसदमा असाध्यै धिमा गतिमा भयो । हामीले दुई वर्षको अवधिमा जम्मा बजेटसँग सम्बन्धित कानून बाहेक ११ वटा कानून निर्माण गरेछौँ । कानून बनाउने प्रक्रियाको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित ग¥यो । हामीले कानून बनाउने प्रक्रियालाई गति दिनुपर्यो । यो मैले भनेको कुरालाई उहाँले अतिरञ्जित गरेर अब अध्यादेशले नै मुलुक चलाइन्छ भन्यो भनेर उहाँले बोल्नुभयो ।’

उहाँले कुनैपनि विधेयक संसदमा पेश भएको कति दिनभित्रमा कानूनको आकार ग्रहण गर्ने हो ? भन्नेकुराको निश्चितता र समयसीमा हुनुपर्ने बताउनु भयो ।