२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्याउने लक्ष्य सरकारले पूरा गर्छः ऊर्जामन्त्री खड्का



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्याउने सरकारले लक्ष्य रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित ऊर्जा ट्रान्समिनस तथा न्युन कार्वन उत्सर्जन इकोनोमिक सम्मेलनमा बोल्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले विकास निर्माण गर्दा जोखिम न्युनिकरण गर्ने हिसावले ऊर्जा क्षेत्रको विकासलाई मुलुकको आवश्यकता परिपूर्ति गर्नु पहिलो चाहना भएको बताउनु भयो । उहाँले प्रत्येक घरमा एक वर्षभित्रमा विद्युतीकरण सरकारले गरिसक्ने लक्ष्य रहेको बताउनु भयो ।

उहाँले सरकारले प्रत्येक मानिसले प्रयोग गर्ने प्रतियुनिट ऊर्जालाई वृद्धि गरी आगामी १० वर्षमा प्रतिव्यक्ति १ हजार ५ सय युनिट पु¥याउने लक्ष्य राखेको बताउनु भयो । उहाँले सरकारले वातावरणीय प्रभाव न्युनिकरणका विषयलाई पनि सँगै लिएर हिँडेको बताउनु भयो । उहाँले सन् २०४५ सम्ममा शुन्य कार्वन उत्सर्जन गर्नेलक्ष्य प्राप्तिका लागि काम गरिरहेको बताउनु भयो । उहाँले जलविद्युत उत्पादन र प्रशारणलाइनमा देखिएका समस्या पहिचान गरेर सरकारले समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नीतिगत हिसावले सुधार गरेर जलविद्युत लगानीकर्ताहरुको लागी मार्ग प्रशस्त गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विकास निर्माण गर्दै गर्दा जोखिम न्युनिकरण गर्ने हिसावले ऊर्जा क्षेत्रको विकासलाई हाम्रो आवश्यकता परिपूर्ति गर्ने पहिलो चाहना राखेका छौं । प्रत्येक घरमा एक वर्षभित्रमा विद्युतीकरण भइसक्नुपर्छ । प्रत्येक मानिसले प्रयोग गर्ने प्रतियुनिट ऊर्जालाई वृद्धि गर्ने १० वर्षमा प्रतिव्यक्ति १ हजार ५ सय युनिट पु¥याउने लक्ष्य राखेका छौं । सरकारले वातावरणीय प्रभावका कुरालाई सँगै लिएका छौं । हामीले पेरिस सम्झौता गरेका छौं । सन २०४५ सम्ममा शुन्य कार्वन उत्सर्जन गर्ने लक्ष्य राखेका छौं । त्यो लक्ष्य प्राप्तिका लागि काम गरिरहेका छौं । कार्वन उत्सर्जनका हिसावले न्युन छौं । जलविद्युत उत्पादन र प्रशारणलाइनमा देखिएका समस्या पहिचान गरेर सरकारले समाधान गर्छ । त्यो दायित्व सरकारको हो । नीतिगत हिसावले सुधार गरेर जलविद्युत लगानीकर्ताहरुको लाग मार्ग प्रशस्त गर्छ । काम गर्न अवरोध आउँदैन । जहाँ अवरोध आउँछ त्यसको समाधान सबै मिलेर गर्ने हो । अब जन सहभागिता हुन्छ । अवरोध कम हुन्छ । लक्ष्य प्राप्तिका लागि सबै मिलेर काम गर्नुपर्छ । विकास साझेदारहरुले नेपाललाई सहयोग गर्न खोज्नुभएको छ । हामी नेपालीहरु आफैँ मिलेर बनाउन किन नसक्ने । २८ हजार ५ सय मेगावाटको लक्ष्य ठूलो हो की भन्ने लाग्छ । तर नेपालमा साढे १६ हजारदेखि २ हजारसम्मका धेरै आयोजनाहरु छन् । बनाउन पनि समय लाग्दैन त्यसैले वर्तमान सरकारले लिएको नीति मार्गचित्रमा निजी क्षेत्रले उठाएका विषयहरु समावेश भएको छ ।’

उहाँले लगानीकर्ताले गर्ने जलविद्युत उत्पादनको काममा अवरोध सिर्जना हुने वातावरण नदिने उल्लेख गर्नुभयो । उहाँले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि सबै मिलेर काम गर्न जरुरी रहेको बताउनु भयो ।