१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन एकाइले विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा चिकित्सकीय सेवालाई चुस्त बनाउन अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न उच्च प्राथमिकता दिएको छ ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरुपता ल्याउने भन्ने ध्येयले सञ्चालित सो तालिम सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रदान गरिसकिएको छ । यही हप्ता गण्डकी र बागमती प्रदेशका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तालिम सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प , कोभिड–१९ महामारी तथा २०८० साल कात्तिक १७ को जाजरकोट भूकम्पमा नेपालको स्वास्थ्य प्रणालीले प्रदान गरेका सेवा सराहनीय रहेको जनाइएको छ । यो सिकाइ विश्वका लागि पनि सिकाइ भइरहेकाले विश्व स्वास्थ्य सङ्गठनले अन्यत्र पनि कार्यान्वयमा ल्याएकोे छ । मन्त्रालयले द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय समूह परिचालनसम्बन्धी निर्देशिका, २०७९ जारी गरिसकेको छ । यही निर्देशिका अनुसार मन्त्रालयले अस्पताललाई हब र स्याटेलाइटमा वर्गीकरणसमेत गरेको छ ।

नेपालको कुनै पनि स्थानमा स्वास्थ्य आपत्कालीन अवस्था र विपद् आएको खण्डमा समयमै रोगको पहिचान, रोकथाम र उपचार गरी रोग र मृत्युदरलाई कम गर्न तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीको परिचालन गर्न सहयोग पुर्याउने द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय समूहमार्फत काम गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा मन्त्रालयले उक्त तालिम सञ्चालन गरिरहेको हो । विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा अस्पतालमा कार्यरत जनशक्तिको परिचालन, जिम्मेवारी, अस्पतालको सेवालाई कसरी चुस्त बनाउने भन्ने उद्देश्यले आयोजित तालिमलाई उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

यसक्रममा सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल, ट्रमा सेन्टर, हेटौँडा अस्पताल, गोरखा अस्पताल र जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि आयोजित तालिम सोमबार सम्पन्न भएको छ । तालिममा डा नवीन फुयाँल, डा विज्ञान प्रजापति, डा मनिसा सेन, डा अमित सिंह, डा गौरव देवकोटा र डा सविता पौडेलले सहजीकरण गर्नुभएको थियो । तालिम समापनका अवसरमा आपत्कालीन तथा विपद् व्यस्थापन एकाइ प्रमुख डा बुढाथोकीले जनस्वास्थ्य आपत्कालको व्यवस्थापन गर्नका लागि विषयगत समितिबाट निर्देशि जारी गर्न सहमति दिइसकेको जानकारी दिनुभयो ।