२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारले जनपक्षीय काम गरिरहेको छ’



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य यामलाल कँडेलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सरकारले जनपक्षीय काम गरिरहेको बताएका छन् ।

आज एमाले जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले राज्य सञ्चालन गर्ने अवसर पाउँदा जहिले पनि एमाले नेतृत्वको सरकारले जनपक्षीय काम गर्दै आएको जिकिर गरे ।

‘दक्षिण एसियाकै पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि केपी शर्मा ओलीसम्मका सरकारले जनपक्षीय काम गरेका कारण विपक्षीको चौतर्फी घेरा हुँदा पनि नेकपा एमालेलाई जनताले साथ दिएका छन्’, मुख्यमन्त्री कँडेलले भने, ‘एमालेको सही नीति, विचार र नेतृत्वकै कारण जनताको आकर्षण बढेको छ । यसलाई कायम राख्न थप क्रियाशीलता आवश्यक छ ।’

उनले जनचाहनाअनुसार काम भइरहेकाले देशमा आर्थिकलगायत क्षेत्रमा सुधारको सङ्केत देखिएको र यसले सरकारप्रति आशा, भरोसा र विश्वास बढेको धारणा राखे । बैठकमा पार्टीका केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल र ठम्मर विष्ट, प्रदेश कमिटी सचिव ध्रुव शाहीलगायत जिल्ला कमिटीका नेताहरूको उपस्थिति रहेको थियो ।