११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा

यानिक सिन्नरले लगातार दोस्रो पटक अस्ट्रेलियन ओपन जिते

यानिक सिन्नरले लगातार दोस्रो पटक अस्ट्रेलियन ओपन जिते
अ अ+ अ-

काठमाडौँ । इटालीका २३ वर्षीय यानिक सिन्नरले लगातार दोस्रो वर्ष अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

आइतबार मेलबर्नको रोड लिभर एरिनामा पुरुष सिंगल्सको फाइनल खेलिएको थियो । सिनरले जर्मनीका अलेक्जेन्डर ज्वेरेभलाई ३ सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

योसँगै महिला युगलमा शीर्ष वरीयताकी टेलर टाउनसेन्ड र क्याट्रिन सिनियाकोभाको जोडीले उपाधि कब्जा गरिन् ।

यो २०१९ पछि पहिलो पटक अस्ट्रेलियन ओपनमा भएको थियो, जब विश्व नम्बर १ र विश्व नम्बर २ फाइनलमा आमनेसामने भएका थिए । त्यसबेला नम्बर १ नोभाक जोकोभिचले नम्बर २ राफेल नाडाललाई सोझो सेटमा पराजित गरेका थिए ।

यसैगरी नम्बर १ सिनरले नम्बर २ ज्वेरेभलाई ६–३, ७–६, (७–४), ६–३ ले हराए ।

२०२४ देखि, सिनरले ५ मध्ये ३ ग्रान्डस्लाम जितेका छन् । उनले गत वर्ष अस्ट्रेलिया ओपन र युएस ओपनको उपाधि जितेका थिए । यसपटक पनि उनले अस्ट्रेलियन ओपन जितेर वर्षको सुरुवात गरेका छन् ।

यस अवधिमा उनले ८० खेल जितेका छन् भने ६ खेलमा मात्रै हार बेहोरेका छन् । पछिल्लो २१ खेलमा उनले कुनै पनि खेल हारेका छैनन् ।

महिला युगलमा अमेरिकाकी टेलर टाउनसेन्ड र चेक गणतन्त्रकी क्याट्रिन सिनियाकोभाको शीर्ष वरीयताको जोडीले उपाधि जितेको छ । दुवैले विश्व नम्बर ३ ताइवानकी सिह सु–वेई र लाटभियाकी जेलेना ओस्टापेन्कोको जोडीलाई हराए । विश्व नम्बर एक जोडीले फाइनलमा ६–२, ६–७ (४–७), ६–३ को सोझो सेट जितेका थिए ।