काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकको बैठकले मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
आजको बैठकमा भोलि बोलाईएकोे समितिको बैठकको एजेन्डाबारे छलफल भएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले बताए । यस्तै, आज यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको उनले बताए ।
बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुने सचेतक बर्तौलाले बताए । त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछ । उनको अनुसार माघ २५,२६ र २७ गते संसदीय समितिको बैठकहरू बस्न समय छुट्टाईएको छ भने २९ र ३० गते पुनः संसद् बैठक बस्ने गरी तय गरिएको छ ।
आगामी माग १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।