१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

जेजु विमानको जेट इन्जिनमा चराको प्वाँखसँगै रगतको दाग भेटिएको दावी

जेजु विमानको जेट इन्जिनमा चराको प्वाँखसँगै रगतको दाग भेटिएको दावी
अ अ+ अ-

एजेन्सी । गत डिसेम्बरमा दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको दुवै इन्जिनमा चराको प्वाँख र रगतको धब्बा फेला परेको सोमबार सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमानमा चालक दलका सदस्यसहित १८१ जना यात्रु सवार थिए ।

दुर्घटनाग्रस्त उक्त विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाइै सख्त घाइते अवस्थामा उद्धार गरिएको थियो । यो दक्षिण कोरियाली भूमिमा भएको सबैभन्दा खराब हवाई दुर्घटना थियो।

दक्षिण कोरियाली र अमेरिकी अन्वेषकहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्, चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याको रूपमा परीक्षण गरिएको छ।

दुर्घटनास्थलबाट बरामद गरिएका दुवै इन्जिनको निरीक्षण गरिएको र दुवै इन्जिनमा चराको रगतको धब्बा र प्वाँख फेला परेको प्रतिवेदनमा उल्लेख छ ।

“चालकले धावनमार्ग ०१ नजिक आइपुग्दा चराहरूको एक समूह पहिचान भएको जनाएका र सुरक्षा क्यामेराले एचएल ८०८८ लाई चराहरूको समूहको नजिक आउँदै गरेको भिडियो खिचेको भेटिएको छ,” जेटको दर्ता नम्बर उल्लेख गर्दै रिपोर्टमा भनिएको छ।

विमान दुर्घटना हुनुअघिका क्षणहरुमा इन्जिनले काम गर्न छोडेको थियो वा थिएन भन्नेबारे भने केही बताइएको छैन ।

डिएनए विश्लेषणले प्वाँख र रगत साइबेरियाबाट जाडो याममा कोरिया आउने बैकाल गैरी ९बैकल टिल्स० नामक प्रवासी चराहरूको रहेको हुनसक्ने बताएको छ ।

रिपोर्टमा ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर दुबैले विपत्तिको चार मिनेट अघि नै काम गर्न छोडेको भेटिएको उल्लेख गरिएको छ ।

विमानमा मुख्य चालकले ९क्याप्टेन० कोे छ हजार ८०० घण्टाभन्दा बढी उडान गरेको र सहायक चालकले एक हजार ६५० घण्टाभन्दा बढी उडान गरेको अनुभव थियो। दुर्घटनामा दुवैको मृत्यु भएको थियो भने दुई जना परिचारिका मात्र बाँचेका थिए ।

जेजु विमान अवतरणका क्रममा कङ्क्रिटको तटबन्धमा ठोक्किँदा आगोको ज्वालासहित विस्फोट भएको थियो, जसले धावनमार्गको अन्त्यमा किन यस्तो प्रकारको अवरोध राखिएको थियो भन्ने प्रश्न खडा गरेको छ ।

गत हप्ता अधिकारीहरूले राष्ट्रव्यापी विमानस्थलहरूमा यस्ता कङ्क्रिटका अवरोधहरूलाई अन्य सजिले ‘तोड्न सकिने संरचनाहरू’ द्वारा प्रतिस्थापन गर्ने बताएका थिए।