१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.54

Humidity: 62

Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब बन्ने संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकताः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरुबाट बारम्बार प्रभावित हुने गरेको बतउनु भयो । उहाँले पछिल्लो समय गातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएको भन्दै बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरुबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक रहेको बताउनु भयो ।

उहाँले इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता भएको बताउनु भयो । जोखिम न्युनिकरणका सम्बन्धमा भवन लगायत भौतिक संरचना सुरक्षित तवरले निर्माण गर्नको लागि जनचेतना फैल्याउनु पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो । निर्माण भएका कानूनको प्रभावकारी कार्यान्वयन र कानूनी जटिलतालाई सहज बनाउन त्यसमा आवश्यक हेरफेर, आवश्यक नयाँ योजना तथा नीति तर्जुमा गरेर बस्तीहरुलाई सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘हाम्रो मुलुक बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरुबाट बारम्बार प्रभावित हुने गरेको छ । पछिल्लो समय हामी लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएका छौँ । भूकम्पका कारण हुने जनधनको क्षति कम गर्ने राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य छ । बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरुबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक छ । भूकम्पीय जोखिम न्युनिकरणका लागि भूकम्प प्रतिरोधी थेग्न नसकेरै हाम्रो घर एवं भौतिक संरचनाहरु भूकम्पमा गल्र्यामगुर्लम्म ढले र हामीले अथाह जनधनको क्षति व्यहोर्नुप¥यो । इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता हो । राष्ट्रिय भवन संहीताको पूर्ण परिपालना र जोखिमप्रति संवेदनशिल भूउपयोगको योजनाको कार्यान्वयनमा हामी सबैको हातेमालो जरुरी छ । जोखिम न्युनिकरणका सम्बन्धमा भवन लगायत भौतिक संरचना सुरक्षित तवरले निर्माण गर्नको लागि जनचेतना फैल्याउनु पनि उत्तिकै आवश्यक छ । निर्माण भएका कानूनको प्रभावकारी कार्यान्वयन र कानूनी जटिलतालाई सहज बनाउन त्यसमा आवश्यक हेरफेर, आवश्यक नयाँ योजना तथा नीति तर्जुमा गरेर हामीले हाम्रो बस्तीहरुलाई सुरक्षित राख्नुपर्दछ ।’

उपप्रधानमन्त्री सिंहले प्राकृतिक प्रकोप र विपद्ले भौगोलिक सीमा नभन्ने भन्दै सबैको सहकार्य र सहयोग जरुरी रहेको बताउनु भयो ।