२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा



अ+ अ-

बागमती । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृतिको कामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष मल्लले सो पर्वको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा दिइएको बताउनुभयो ।