२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

भारतको ७६औं गणतन्त्र दिवस, दूतावासले कसरी मनायो ? (फोटो फिचर)

भारतको ७६औं गणतन्त्र दिवस, दूतावासले कसरी मनायो ? (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७६ औँ गणतन्त्र दिवस मनाइएको छ ।

नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ भएको थियो । सो अवसरमा उहाँले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई पनि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रसारण गरिएको थियो ।

राजदूतले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड रुपैयाँ रकम वितरण गरी सम्मान गर्नुभयो ।

यसका साथै, भारतीय सशस्त्र बलका २१९ जना मृतक सदस्यका श्रीमती र निकटतम नातेदारलाई २३.२९ करोड रकम पनि वितरण गरिएको छ । यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ–इन–सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश छन् ।

राजदूतले नेपालमा बसोबास गरिरहनुभएका भूतपूर्व सैनिकहरूका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू–२०२५ पत्रिकाको पनि लोकार्पण गर्नुभयो ।

दूतावासले नेपालका ६ वटा प्रदेशमा फैलिएका २९ वटा शैक्षिक संस्थाहरूलाई नेरु. २३.५ लाख बराबरका पुस्तकहरू प्रदान गर्‍यो । यस पहलको उद्देश्य नै दुर्गम क्षेत्रमा रहेका विद्यार्थीका विशेष आवश्यकता र अनुरोध उपर प्रतिक्रिया जनाउँदै उनीहरूलाई शैक्षिक सामग्री प्रदान गर्नु हो ।

कार्यक्रममा गत कार्तिक २६ गतेदेखि मङ्सिर २६ गतेसम्म आयोजित भारत को जानिए (बीकेजे ) क्विजमा नेपालका शीर्ष ५० स्कोररहरुलाई ‘सर्टिफिकेट अफ अचिभमेन्ट’ प्रदान गरेर सम्मान गरियो। बीकेजे क्विजको उद्देश्य विदेशी नागरिक तथा विदेशमा बस्ने भारतीय समुदायको भारतबारे ज्ञान एवम् बुझाइलाई थप वृद्धि गर्ने रहेको छ । पुरस्कारको अंशको रूपमा, विश्वभरका क्विजका शीर्ष ३० विजेताहरूलाई यस महिनाको सुरुवातमा दुई हप्ते बीकेजे यात्राको लागि भारत आमन्त्रित गरिएको थियो। विजेताहरूमध्ये नेपालका श्री निखिल कुमार दास पनि थिए जसले भारतको यो विशेष यात्राको हिस्सा बन्ने मौका प्राप्त गरेका थिए ।

कार्यक्रममा विगतका वर्षहरूमा भारत–नेपाल सम्बन्धमा भएको प्रगतिबारे विस्तृत जानकारी भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा काठमाडौँको दूतावासस्थित स्वामी विवेकनन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।