२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले मनायो ७६ औँ गणतन्त्र दिवस–(फोटोफिचर)



अ+ अ-

नयाँ दिल्ली । भारतले आइतबार ७६औ गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ ।

आइतबार कर्तव्य पथमा आयोजित परेडमा भारतले सैनिक मार्चको साथमा क्षेप्यास्त्र, ट्याङ्क, लडाकु विमानहरू आदिको शक्ति प्रदर्शन गरेको थियो ।

भारतको गणतन्त्र दिवस समारोहको प्रमुख अतिथिको रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो उपस्थित भएका थिए ।

राष्ट्रपति द्रौपदी मुर्मुले सलामी ग्रहण गरेपछि परेड सुरु भएको थियो । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, अन्य धेरै केन्द्रीय मन्त्रीहरू, देशका शीर्ष सैन्य अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र वरिष्ठ अधिकारीहरू उपस्थित भएका थिए ।

परेडमा स्वदेशी अर्जुन युद्ध ट्याङ्क, तेजस लडाकु विमान र उन्नत हलुका हेलिकप्टरहरूले जमिन, पानी र हावामा समन्वित अपरेशन प्रदर्शनको साथै भारतीय परम्पराहरू झल्काउने विभिन्न कार्यक्रमहरू गरिएको थियो ।

तस्बिरहरुः एएफपी