२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज



अ+ अ-

देउखुरी । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदेबालीका रुपमा घाँसखेती गर्न थालेका छन् ।

घोराही उपमहानगरपालिका–६ की सरस्वती शर्माले एउटा गाई र आठ बाख्रा पाल्नुभएको छ । घर छेउको १५ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेको उहाँले बताउनुभयो । गाई र बाख्रालाई बर्सिम घाँस खुवाएर पाल्न सजिलोे भएको उहाँ बताउनुहुन्छ । “हिउँद याममा आफ्नो १५ कट्ठा खेतमा तोरी, मसुरो र गहुँको साटोमा बर्सिम घाँस लगाउने गरेको छु”, उहाँले भन्नुभयो, “पूरै खेतमा घाँस लगाउन थालेको छ वर्ष भयो, हरियो हँुदा काटेर गाई बाख्रालाई खुवाउन पनि पाइएको छ ।”

सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाई बाख्राका लागि घाँस खोज्न भौतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिने भएकाले समयको बचत पनि भएको छ ।”

घोराही–६ बचाहाका बालकृष्ण खनालले १७ कट्ठा खेतमा यो घाँस लगाउनुभएको छ । उहाँले व्यावसायिक रुपमा बाख्रा पाल्नुभएको छ । उहाँसँग ७० बाख्रा छन् । उहाँले हिउँदमा बर्सिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काटेर खुवाउनाले बाख्रापालन सजिलो भएको बताउनुभयो । बर्सिम घाँसखेती गर्दा मल पनि छर्न नपर्ने र धानमा हालेको मलले घाँसलाई पनि काम गर्ने भएकाले खेती गर्न सजिलो भएको उहाँले बताउनुभयो । बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झटिलो नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाईभैँसी, भेडा र बाख्रा सबैलाई यो घाँसले फाइदा पु¥याउँछ ।

घोराही–१७ कर्जाहीका विकास चौधरीले दुई भैँसी र आठ बाख्रा पाल्नुभएको छ । उहाँले भन्नुभयो, “बाह्र कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ ।” घरमै बीउ उत्पादन गरेर वर्षेनी घाँसखेती गर्ने गरेको उहाँले बताउनुभयो ।

“एकपटक काटेर सकियो, यहाँका धेरैजसो पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको छ, वर्षात्को समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्, हरियो र सुकेको बर्सिम घाँस गाईबस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ”, उहाँले भन्नुभयो ।

घोराही–६ का कृषकहरुले १२ देखि साढे दुई बिघामा घाँसखेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । घोराही–६ को गुरुवागाउँ, गुरगै, बेरुवागाउँ, जजरागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को गैरागाउँका किसानले बर्सिम घाँसखेती गरेका छन् । अहिले पूरै खेतभरि हरियो बर्सिमखेती देख्न सकिन्छ । अहिले उक्त क्षेत्रमा रहेका एक सय ६० घरपरिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउनुहुन्छ ।

उहाँका अनुसार जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालेको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटकपटक सिँचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । धानखेतीपछि बर्सिम घाँसखेती गर्ने गरिन्छ । यसलाई (ग्रिनगोल्ड) का नामले पनि चिनिन्छ । पछिल्लो समय दाङका सबै जसो पालिकाका किसानले यो घाँसखेती गर्न थालेका छन् । यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने गरेकाले अत्यन्तै लाभकारी भएको अधिकारीले बताउनुभयो ।