२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलोनको लगानीमा बन्यो ‘रङ्गी’



अ+ अ-

काठमाडौँ । बाल कलाकार हुँदै अभिनय यात्राको सुरुआत गर्नुभएका अभिनेता सलोन बस्नेतले चलचित्र निर्माण गर्नुभएको छ । पहिलो चलचित्र ‘रङ्गी’ को प्रचारप्रसारका क्रममा अभिनेता बस्नेतले चलचित्र निर्माण गर्ने आफ्नो सपना पूरा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म चलचित्रकै माध्यमले चिनिए, बाल कलाकारदेखि नै चलचित्र कर्ममै छु, मलाई मन परेको कथामा चलचित्र बनाउने सपना थियो, त्यो पूरा भएको छ, चलचित्र क्षेत्रमा यो मेरो नयाँ यात्राको सुरुआत हो ।”

हालै सार्वजनिक गरिएको ‘छ भने माया’ गीतको श्रव्यदृश्यमा अभिनेता बस्नेतसँगै दिलीप रायमाझी, नव अभिनेत्री नम्रता श्रेष्ठ, बाल कलाकार आयुषी ढकालले नृत्य गर्नुभएको छ । गीतमा तीन पुस्ताको सहभागिताले सुन्दरता थपेको उहाँले बताउनुभयो ।

“मेरो बुवा शोभित बस्नेतसँग काम गर्नुभएका अग्रज, मेरा समकालीन र नव प्रवेशीसँग काम गर्न पाउँदाको खुसी म शब्दमा व्यक्त गर्न सक्दिन, तीन पुस्ताको सहभागिताले गीतलाई झनै सुन्दर बनाएको छ”, उहाँले भन्नुभयो । चलचित्रमा विशाल पहाडी, उत्तम केसी, सुमिन गुरुङलगायतका कलाकारले पनि अभिनय गर्नुभएको छ । यस चलचित्रमार्फत निर्देशनमा सुरेश न्यौपानेले ‘डेब्यु’ गर्दै हुनुहुन्छ । उहाँले बुवा छोरीको कथालाई पर्दामा ल्याउने प्रयास गरेको बताउनुभयो ।

“यो बुवा र छोरीबीचको प्रेमको कथामा तयार भएको चलचित्र हो, हामीले प्रणय दिवसमा यसलाई दर्शकसम्म पुर्याउने छौँ, मैले मुख्य सहायक निर्देशक भएर गरेका कामबाट प्रभावित भएर निर्देशनको जिम्मेवारी दिनुभएकामा सम्पूर्ण निर्माण पक्षप्रति कृतज्ञ छु”, उहाँले भन्नुभयो ।

्सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा सुमन गजमेरले कथा लेखन, सौरभ लामाले छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीले सङ्गीत सिर्जना, बन्दे प्रसादले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, कविराज गहतराज र शिशिर खातीले नृत्य निर्देशन गर्नुभएको छ । चलचित्र आउँदो प्रणय दिवस अर्थात् फागुन २ मा नेपालसँगै विश्वभर प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।