४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन राई बालयौन दुरूपयोगमा दोषी ठहर



अ+ अ-

काठमाडौँ । जिल्ला अदालत खोटाङले कृषि विज्ञ मदन राईलाई दोषी ठहर गरेको छ ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई माघ १० गते बाल यौन दुरूपयोगमा दोषी ठहर गरेको हो ।

‘शुभद्रा मदन फाउन्डेसन’ सञ्चालन गर्दै आएका राईले आफ्नो फाउन्डेसनमा लामो समयसम्म बालबालिकामाथि यौन दुर्व्यवहार गरेको यसअघि विभिन्न सञ्चारमाध्यममा खबर आएको थियो ।

यौन दुरूपयोगमा दोषी ठहर भएका राईलाई इजलासले माघ २५ गते सजाय निर्धारण गर्नेछ ।

२०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उनीविरूद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको मागदाबी गरेको थियो ।