२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अधिवेशनको तयारीबारे प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले आसन्न संसदको हिउँदे अधिवेशनको तयारीबारे सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेले आज बिहान ११ बजे सत्तापक्षका मुख्य तथा प्रमुख सचेतकसँग छलफल गर्न लागेका छन् भने दिउँसो २ बजे प्रमुख प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।

यस्तै, भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल गर्ने कार्यतालिका रहेको छ भने मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय गरिएको छ ।

यस्तै, संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले छुट्टाछुट्टै संवाद गरिरहेका छन् ।