१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल वेस्ट ह्यामलाई हरायो, म्यानचेस्टरमाथी क्रिस्टल प्यालेसको जित



अ+ अ-

लन्डन । मिखेल आर्टेटाको आर्सनलले शनिबार राति वेस्ट ह्यामलाई २–१ ले हराएर इंग्लिस प्रिमियर लिगमा लगातार सुरुवाति दुई खेल जितेको छ । आर्सनलका लागि एडी केटिहले खेलको अन्त्यतिर निर्णायक गोल गरे ।

यसपल्ट आर्सनलसँगै एभरटन र क्रिस्टल प्यालेसले सुरुवाति दुई खेल जितेका छन् । आर्सनलले एलेक्जान्डर लेकाजेटको गोलले अग्रता लिएयता वेस्ट ह्यामका लागि मिखाइल एन्टोनियोले बराबरी गोल फर्काएका थिए ।

यसअघि म्यानचेस्टर युनाइटेड भने सिजनको आफ्नो पहिलो खेलमा प्यालेससँग घरमा ३–१ ले पराजित रह्यो । विलफ्रेड जाहाले दुई गोल गरेपछि प्यालेस यो जित निकाल्न सफल भएको हो । यस्तै अर्को खेलमा लिड्स युनाइटेडले फुलहमलाई ४–३ ले पन्छायो ।