१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको उद्घाटन खेलमै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्समाथी चेन्‍नाईको विजयी



अ+ अ-

अबुधाबी । सुस्त सुरुवात लिएको चेन्नाइले पछि आक्रामक खेल प्रदर्शन गर्दै इन्डियन प्रिमियर लिगमा शनिबार डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको छ ।

जितका लागि १ सय ६३ रन पछ्याइरहेको चेन्नाइले चार बलको खेल बाँकी छँदै आवश्यक रन बनाएको थियो । चेन्नाईका लागि अम्बाती रायडुले सर्वाधिक ७१ रन बनाए । यस्तै फाफ डु प्लेसिस ४४ बलमा ५५ रन बनाएर नटआउट रहे ।

यसअघि मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । त्यसमा शौरभ तिवारीले सर्वाधिक ४२ रन बनाए । गत वर्षको प्रतियोगितामा मुम्बईले चेन्नाईलाई नै हराएर उपाधि जितेको थियो ।