२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना छः माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अझै कम्युनिष्ट पार्टीको जनतामा राम्रो प्रभाव रहेको बताउनु भयो । उहाँले अहिले कम्युनिष्ट पार्टीप्रति मात्रै नभइ सिंगो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था बनेको बताउनु भयो ।

उहाँले कम्युनिष्ट पार्टी एकतावद्ध भएर अगाडि बढेको भए र कम्युनिष्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको देशमा अचम्मको परिवर्तन गर्नसक्ने अवस्था रहेको बताउनु भयो । देश संकटमा परेको बेलामा कम्युनिष्ट पार्टीको आवश्यक हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राजनीतिमा थुप्रै विसंगतिहरु छन् । ति विसंगतिहरुसँग जुध्ने काम ग¥यौँ भने बल्ल उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन सक्दछ । अवश्य पनि नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना छ । कम्युनिष्ट पार्टीको जनतामा राम्रो प्रभाव छ । तर त्यो प्रभाव कताकता कम्युनिष्ट पार्टीप्रति मात्रै होइन, सिंगो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था पनि बनेको छ ।

कम्युनिष्ट पार्टी एकतावद्ध भएर अगाडि बढेको भए र यो कम्युनिष्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको भए हामी अचम्मको परिवर्तन गर्नसक्थ्यौँ । जनताले चाहे बमोजिमको परिवर्तन । देश र जनताको समस्यालाई जसले सम्बोधन गर्दछ, जनताले उसैलाई सम्मान गर्छन् । देश संकटमा छ भने कम्युनिष्ट पार्टी चाहिन्छ ।’

अध्यक्ष नेपालले राजनीतिक दल र सरकारले जनताका समस्या समाधान गर्नेगरी काम गर्नुपर्ने बताउनु भयो ।