१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान

मिथिलामा ‘लाई’ को मौसम

मिथिलामा ‘लाई’ को मौसम
अ अ+ अ-

महोत्तरी । महोत्तरी सहितका मिथिला क्षेत्रमा अहिले ‘लाई’ को मौसम छ । माघ एक गते तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ । 

मिथिला क्षेत्रका घरघरै अहिले तिल, चिउरा, जुनेलो र मुरिका ‘लाई’ ९लड्डू० बटार्ने ९बनाउने० चटारो छ । शनिबार तिलासक्रायत ९माघे सङ्क्रान्ति० पर्व मनाइएसँगै अब पर्वको सनेस ९कोसेली० नातेदारका घरमा पु-याउने परम्परा रहेकाले त्यसको तयारीमा मिथिलानी (मिथिलाका नारी) को व्यस्तता बढेको हो ।

 विवाहित छोरी, दिदीबहिनी, फूपू , दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको सनेस पठाउने स्थापित मैथिल परम्पराले मिथिलानी ‘लाई’ बनाउन व्यस्त देखिएका हुन् । माघ लागेसँगै बिहानैदेखि पारिलो घाम लागेपछि सनेस पठाउन सजिलो भएको मिथिलानी बताउँछन् । “बिहानदेखि नै पारिलो घाम लाग्न थालेको छ”, मौसममा आएको सुधारले दङ्ग पर्नुभएकी भङ्गाहा–४ थारुटोल बनराकी गृहीणी सुथरी चौधरी थारुले भन्नुभयो, “अब सनेस बनाउन, पठाउन सजिलो भयो ।” 

सामान्यतया माघ लागेपछि चिसो घट्ने र घाम तात्दै जाने यहाँ आम अड्कल गरिन्छ। पहिलो दिन घर र छिमेकीबीच पर्व मनाएपछि मिथिलानीको अब विवाहित चेलीबेटी र मित/मितिनीकहाँ सनेस पठाउन ‘लाई’ बटार्ने व्यस्तता बढेको छ । तिलासक्रायत घरमा मनाइएपछि तील, चिउरा, जुनेलो र मुरिका ‘लाई’सहितका मिष्टान्न परिकार नातेदारका घरमा पु¥याउने परम्परा रहेकाले त्यसको तयारीमा मिथिलानीहरुको व्यस्तता बढेको हो । विवाहित छोरी, दिदीबहिनी, फूपू , दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको सनेस पठाउने स्थापित मैथिल परम्पराले यस क्षेत्रमा अहिले  ‘लाई’ को मौसम छाएको छ ।    

“आजै सानो छोरालाई पवनी (पर्व) को सनेस लिएर छोरीकहाँ पठाइयो”, भङ्गाहा–४ थारुटोल बनराकै अर्की गृहिणी रामसुनरदेवी थारुले भन्नुभयो, “अब ननद (नन्द) र दोस्त (मित) को घरमा जान थप सनेस बनाउनुछ ।” घरमा पर्व मनाइएपछि नाता कुटुम्ब र आफन्तकहाँ सनेस लगिने चलनले यहाँ घर/घरमा अहिले  तिल, जुनेलो, मुरी र चिउराका ‘लाई’ बनाउने चटारो नै छ । मिथिलामा फागुन १५ सम्म घरको खाजामा पनि मुरी, चिउरा र ‘लाई’ खाइने गरिन्छ । पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तलाई समेत ख्वाइने र यी परिकार हिँउदभरि नै खाजा खाइने परम्पराले पनि अहिले अझै केही दिन घर–घरमा ‘लाई’ बनाउने चटारो रहने बर्दिवास–९ पशुपतिनगरकी शैलदेवी महतोले बताउनुभयो ।  

विशेषगरी जाडोयाममा सख्खर, घीउ र खुवाका परिकार खाँदा स्वास्थ्य ठिक रहने भएकाले माघे सङ्क्रान्तिदेखि फागुन १५ सम्मको जाडोबीच यी सामग्री मिसाएर बनाइने तील, जुनेलो, चिउरा र मुरीका ‘लाई’ खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको भनाइ बर्दिबास अस्पतालका जनस्वास्थ्य निरीक्षक रामबाबु यादवको छ । अहिले यस क्षेत्रमा आफ्नो सावगासअनुसार सबैजसो गृहिणी घरमा ‘लाई’ बनाउन लागि परेका छन् ।

 सनेस पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यी परिकार रोजाइँका बनेपछि मिथिलामा हिँउदभरि ‘लाई’को मौसम हुने गरेको यहाँका बुढापाका बताउँछन् । मिथिलामा कात्तिक शुक्लपक्षमा मनाइने छठ पर्व र माघ एक गते मनाइने तिलासक्रायत पर्वको कोसेली महिनैभरि पु-याउने परम्परा छ । गोपालप्रसाद बराल /रासस