४ फाल्गुन २०८१, आईतवार
,
Latest
सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओलीले दिएनन् जवाफ परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले ५ ठाउँमा प्रशोधन केन्द्रहरुको निर्माण जारी छः प्रधानमन्त्री नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील छः प्रधानमन्त्री सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैनः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

शालीनदीको पौराणिक महत्व र श्रीस्वस्थानी पूजा (फोटोफिचर )



अ+ अ-

काठमाडौं ।  श्री स्वस्थानी ब्रतकथासँग प्रत्यक्ष जोडिएर आउने काठमाडौँको साँखुस्थित शाली नदीको धार्मिक पौराणिक महत्व रहेको छ । स्वस्थानी ब्रतकथाअनुसार शिव शर्मा ब्राह्मण र गोमादेवीका छोरा नवराज लावण्य देशको राजा भएपछि दरबारका पालेपहराहरु उनकी श्रीमतीलाई लिन चन्द्रज्योति नगरमा पुग्दछन् । नवराजकी श्रीमती चन्द्रावतीलाई लिएर आएका डोलेहरु तिर्खाएर पानी खान नदीमा पुगेका हुन्छन् ।

त्यसैबखत नदीको छेउमा स्वस्थानी ब्रतकथाको पूजा गरिबसेका अप्सराहरुको प्रसाद ग्रहण गर्दछन् र त्यो प्रसाद उनीहरुले यता चन्द्रावतीलाई पनि ल्याएर आउँछन् । यता श्रीमान् नवराज राजालाई भेट्न आतुर भएकी चन्द्रावती ती डोलेहरुले ढिला गरेकोमा रिसाएर बसेकी हुन्छिन् ।

यत्तिकैमा डोलेहरु आउँछन् र उनले किन यति ढिला गरेका भनेर सोधेपछि डोलेहरु पनि त्यस दिन पौष शुक्ल पूर्णिमाको दिन परेको र नदी किनारमा अप्सराहरुले श्रीस्वस्थानीको पूजा गरिरहेकाले हामीलाई पनि एकैछिन् कथा सुनेर प्रसाद ग्रहण गरी जान आग्रह गरेपछि त्यसैकारणले ढिला हुन पुगेको सुनाउँछन् । सो प्रसाद आफूहरुले चन्द्रावती महारानीलाई पनि ल्याइदिएको सुनाउँछन् । तर रिसाएर बसेकी चन्द्रावती महारानीले डोलेहरुलाई गाली गर्छिन् र त्यो प्रसाद नखाने भन्दै फालिदिन्छिन् ।

देवीको यो अपमानपछि शाली नदी तर्न खोज्दा अकस्मात आँधी आएर पुल छिन्नाले चन्द्रावती पनि त्यसै नदीमा खस्छिन् तर तैरिएर ज्यान भने जोगिएको हुन्छ । निकै लामो समयसम्म सोही नदी किनारमा रहेकी उनी पछि सोही स्थानमा श्रीस्वस्थानी माताको ब्रत गरी पापबाट मुक्त भई नजराज राजालाई भेट्न पाउँछिन् । त्यसैले यस स्थान पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म श्रीस्वस्थानी माताको ब्रत र पूजा एवं स्वस्थानी कथा श्रवण हुने गर्दछ । यो समयमा पवित्र शालीनदीमा धार्मिक मेला लाग्नुका साथै पूजाआजा पनि हुने गर्दछ ।

हामी शुक्रबार पुग्दा पनि यहाँ ठूलो मेला लागेको थियो र मानिसहरु पवित्र शालीनदी नुहाउन पुगेका थिए । यो एक महिना यहाँ विशेष मेला लाग्नुका साथै स्वस्थानीको पूजाका लागि काठमाडौँ उपत्यका र बाहिरबाट पनि मानिसहरु आउने गर्दछन् ।




भर्खरै