१३ श्रावण २०८३, बुधबार
,
Latest
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण



अ+ अ-

काठमाडौैँ । प्रधान सेनापति अशोकराज सिग्देलले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको आज निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले तालिम केन्द्रलगायत विभिन्न मिसनमा जाने ‘युनिट’हरूको वस्तुस्थिति बारेमा जानकारी लिई आवश्यक निर्देशन दिनुभएको छ ।

उक्त अवसरमा प्रधान सेनापतिले संयुक्त राष्ट्रसङ्घको आह्वानमा निकट भविष्यमा सेन्ट्रल अफ्रिकन रिपब्लिकस्थित मिसनमा खटिई जाने रिपुमर्दन गण ९शान्ति सेना० सातौँ डफ्फा र लेबनानस्थित मिसनमा खटिइ जाने सवुज गण ६६औँ डफ्फाको पूर्वाभ्यास तालिमलाई सम्बोधन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनका लागि छ सय जना र लेबनानस्थित मिसनका लागि आठ सय ५० जना सकलदर्जाले सो तालिम लिएका छन् ।

शान्ति सैनिकको अदलीबदली

यसैबीच राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा कार्यरत अरिदमन गण ९शान्ति सेना० दशौँ डफ्फालाई बदली गर्न चण्डीप्रसाद गण ११औँ डफ्फाका दुई सय १३ जना नेपाली शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ ।

सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत दुई सय १२ जना शान्ति सैनिक सेनानी खिमबहादुर अधिकारीको नेतृत्वमा माघ १० गते नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुईवटा गण तथा एउटा गुल्म गरी कुल एक हजार सात सय ५४ जना शान्ति सैनिक कार्यरत रहेको सेनाले जनाएको छ ।

त्यसैगरी इराकमा तैनाथ गार्ड युनिटलाई बदली गर्न प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा २१ जना नेपाली शान्ति सैनिक मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । यही माघ १० गते उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी २१ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिक कार्यरत छन् । रासस