१५ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानवासीलाई एक वर्षभित्र पानी खुवाउँछौँ: मन्त्री यादव



अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले पानी दिने काम संघीय सरकारको भएको भन्दै आफ्ना जनतालाई एक वर्ष भित्रमा पानी खुवाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले धरानमा पहिलादेखि नै पानीको समस्या रहेका उल्लेख गर्दै अहिले पनि जग्गा प्राप्तिको समस्या समाधान भए टेण्डर प्रक्रिया अघि बढाउने बताउनु भयो । उहाँले धरानवासीलाई पानी खुवाउनका लागि करिव ६ अर्ब आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि आफूले एडिबीसँग बिहीवार छलफल गरेको पनि बताउनु भयो । उहाँले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्टण्टबाजी गरेको आरोप लगाउनु भयो । उहाँले गाग्रोमा भरेर दिएको पानीले धरानवासीको पानीको समस्या समाधान नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धरानमा पानीको समस्या पहिलादेखि नै थियो । धरान लगायत त्यस्तो धेरै डाँडाकाँडामा त्यस्तो समस्या थियो । धरानमा खानेपानी मन्त्रालयको मातहतमा रहेका नेपाल खानेपानी संस्थानले पानी दिइरहेको थियो । तर त्यहाँका बहादुर मेयर सावले अहिलेको होइन । यो भन्दा पहिलाको मेयर सावले बहादुरी देखाउनु भयो । बहादुरी के देखाउनु भयो भने खानेपानी मन्त्रालयको जुन नेपाल खानेपानी संस्थान छ । उहाँहरुबाट पानी लिँदिन । म आफैँ सक्षम छु, म आफ्ना जनतालाई आफैँ पानी ल्याएर खुवाउँछु भनेर बहादुरी देखाउनु भयो । खानेपानी संस्थानको सबै अधिकार आफ्नो मातहतमा व्यवस्थापन बोर्ड बनाएर लिइहाल्नु भयो । हाइज्याक गर्नुभयो । तर सक्नुभएन । चुनाव भयो । अहिलेको मेयर साव हर्कजीले पानी ल्याउँछु भनेर कुद्नुभयो । कतै कतै पानी त ल्याउनु भयो । एउटा वाडमा पनि पुग्दैन । नपुगेपछि केन्द्रलाई गुहार्नुभयो । तर संघले आफ्नो नागरिक, नेपाली जनतालाई पानी दिनको निमित्त आतु छ, सम्माननीय प्रधानमन्त्रीजीले प्रधानमन्त्रीको जिम्मेवारी पाइसकेपछि र म खानेपानी मन्त्री बनिसकेपछि मलाई बोलाएर १५ दिनपछि धरानको विषयमा भन्नुभयो ।’

‘त्यहाँ कसरी पानी जान्छ, तयारी गर्नुस् भन्नुभयो । त्यहाँ कसरी दिने भन्ने प्लान बनाएँ । त्यहाँ बजेट ठूलो छ । करिव करिव ६ अर्बको बजेट चाहिन्छ । मैले अर्थमन्त्रीजीलाई समन्वय गर्न गएँ । उहाँले एडिबीको ऋण सहयोग धरानमा लागू गर्नुस् र धरानका नागरिकलाई खानेपानीको समाधान गर्नुस् । त्यहाँ जग्गाको समस्या छ । स्थानीय निकायले त्यो गर्छ । हर्क साम्पाङजीको काम जग्गा दिलाउने काम गर्नुपर्छ । त्यो सबै काम भएपछि हामी धरानमा खानेपानीको काम गर्छौं । एडिबीका कन्ट्रि डाइरेक्टरसँग छलफल गरिसकेका छौँ । गाग्रो लिएर जाने, पानी देउ भन्ने । गाग्रीमा पानी भरेर दिएर पुग्दैन, त्यसको लागि बजेट दिनुपर्छ । मिडिया स्टण्ट गर्नु अलग कुरा हो । काम गर्नु अलग कुरा हो । अहिलेको सरकारले प्रधानमन्त्रीको निर्देशन काम गरेर देखाउन भन्ने छ, त्यहीअनुसार काम गरेर देखाउँछौँ । काम गरेर देखाउँछौँ । स्टण्ट गर्दैनौँ । स्टण्ट गर्ने काम स्टटबाजीको हो । तिनीहरुको पसल त्यसैगरी चल्छ ।’

मन्त्री यादवले एक वर्षभित्र धरानमा पानीको समस्या समाधान हुने बताउनु भयो ।




भर्खरै