२५ माघ २०८१, शुक्रबार
,
Latest
चलचित्र अध्ययन गर्ने १६ विद्यार्थीलाई छात्रवृत्ति करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन अर्जुन ट्रफी क्रिकेट : शनिबारदेखि सेमिफाइनलका खेल झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा मीनबहादुर विश्वकर्माविरुद्ध धरान मेयर राईले हाले अख्तियारमा उजुरी जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेशनल प्याथल्याबको नयाँ शाखा ललितपुरमा



अ+ अ-

काठमाडौँ । नेपालको पहिलो आणविक तथा आनुवंशिक डायगोनस्टिक्स प्रयोगशाला नेशनल प्याथ ल्यावले ललितपुरबाट पनि सेवा शुभारम्भ गरेको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नेशलन प्याथ ल्यावले आफ्नो १२ औँ शाखा ललितपुरको लगनखेलमा उद्घाटन गर्दै सेवा शुभारम्भ गरेको हो ।

शाखाको उद्घाटन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। चोपलाल भुसालले गर्नुभयो । उहाँले नेशलन ल्याबको माध्यमबाट नागरिक तहमा रोजगारी समेत उत्पादन भएको उल्लेख गर्दै सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले तन्तु प्रत्योपरणको लागि कानूनले नदिने समेत बताउनु भयो । कुनैपनि किसिमको तन्तु प्रत्यारोपणका लागि सरकारले अनुमति नदिने भएपनि पठाइराखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ल्याबहरुबाट नागरिक तहमा राजगारी उत्पादन समेत भएको छ । सरकारले पनि हेर्नुपर्ने हुन्छ । स्वास्थ्यमन्त्रीज्यु अहिले हुनुहुन्छ । उहाँ त आफैँले केही गर्ने हुटहुटी छ भन्नुहुन्छ । तपाइहरुले उहाँसँग हातेमालो गरिसकेपछाडि नेपाल सरकारले यस्ता किसिमका संस्थाहरुलाई के सहयोग गर्नसक्छ । त्यो सहयोग यहाँहरुले पाउनुहुनेछ । मुख्य कुरा के हो भने तन्तु प्रत्यारोपण गर्न हामीलाई कानूनले दिँदैन । हामीले नेपालको सिमाबाहिर यसरि तन्तु पठाउन पनि पाइँदैन । तर पठाइराखिएको छ । आवश्यकता पनि हो । तन्तु प्रत्यारोपणको लागि सरकारको स्वीकृति नलिइकन बोर्डरभन्दा बाहिर कुनैपनि टिस्यु पठाउन पाउनुहुन्न ।’

स्याम्पल परीक्षण तथा कर्मचारीका हिसाबले नेशनल प्याथ ल्याब नेपालकै ठूलो ल्याब भएको समेत उहाँले बताउनु भयो ।