१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा

‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा
अ अ+ अ-

काठमाडौँ । आजदेखि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । यस अगाडिका शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शनमा आए पनि आज भने एक मात्र चलचित्र प्रदर्शन भएको हो ।

यसको निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले नेपालभरका चलचित्र भवनमा चलचित्र प्रदर्शन भएको जानकारी दिएको छ । पहाडी समुदायकी केटी र मधेशी समुदायको केटा सामाजिक सञ्जालमार्फत भेट भएपछि निम्तिने घटनाक्रमलाई चलचित्रमा देखाइएको निर्देशक दीपेन्द्र गौचनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधतालाई समेटेर तयार गरिएको चलचित्रले मिथिला भाषालाई पनि समेटेको छ, पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आए पनि मधेश कमै आएका छन्, हामीले प्रयोग गरेको स्थानीय मैथिली भाषा सहरिया दर्शकका लागि फरक हुनेछ, जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु ।”

वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक गौचनले नेपाली चलचित्रमा कमै देखिने मधेशको कथालाई विषय बनाउनाका साथै मैथिली भाषाको प्रयोग गर्नुभएको छ । “भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेर चलचित्रको कथा तयार गरिएको छ, यसले मधेशको नयाँ पाटोलाई दर्शकमाझ प्रस्तुत गर्छ”, उहाँले भन्नुभयो ।

चलचित्रको अधिकांश दृश्यमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई देखाइएको छ । उहाँले दुई मात्रको मनोविज्ञान र रहनसहनले दुई भिन्न समुदायको प्रतिनिधित्व गर्ने निर्देशक गौचनले जानकारी दिनुभयो । चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरू दुवैले पात्रलाई जीवन्त बनाएको प्रतिक्रिया उक्त प्रदर्शनीमा चलचित्रकर्मीले दिनुभयो ।

चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गर्नुभएको छ ।