२२ भाद्र २०८३, सोमबार
,
Latest
रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा रेल दुर्घटनामा परी मृत्यु भएका सात नेपालीको सनाखत



अ+ अ-

काठमाडौँ । भारतमा भएको रेल दुर्घटनामा परी मृत्यु भएका सात नेपालीको सनाखत भएको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रेल दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

मृत्यु हुनेमा कैलालीका ४३ वर्षीय कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीय मैसारा कामी विश्वकर्मा, ६० वर्षीय जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय राधेश्याम राध रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, दुर्घटनामा थप चार जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको स्थानीय अस्पताल र १ जनाको जलगाउँस्थित गोदावरी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि मन्त्रालयले दिल्लीस्थित दूतावास तथा काठमाडौँस्थित भारतीय दूतावासमार्फत समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

माघ ९ गते साँझ महाराष्ट्र राज्यको जलगाउँ जिल्लास्थित भरधाडे स्टेसननजिकै रेल दुर्घटना हुँदा नेपालीसहित १२ जनाको मृत्यु भएको थियो ।