२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा रेल दुर्घटनामा परी मृत्यु भएका सात नेपालीको सनाखत



अ+ अ-

काठमाडौँ । भारतमा भएको रेल दुर्घटनामा परी मृत्यु भएका सात नेपालीको सनाखत भएको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रेल दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

मृत्यु हुनेमा कैलालीका ४३ वर्षीय कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीय मैसारा कामी विश्वकर्मा, ६० वर्षीय जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय राधेश्याम राध रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, दुर्घटनामा थप चार जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको स्थानीय अस्पताल र १ जनाको जलगाउँस्थित गोदावरी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि मन्त्रालयले दिल्लीस्थित दूतावास तथा काठमाडौँस्थित भारतीय दूतावासमार्फत समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

माघ ९ गते साँझ महाराष्ट्र राज्यको जलगाउँ जिल्लास्थित भरधाडे स्टेसननजिकै रेल दुर्घटना हुँदा नेपालीसहित १२ जनाको मृत्यु भएको थियो ।