१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित
अ अ+ अ-

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय जनता आक्रोशित भएका छन् ।

केन्द्रले भवन निर्माण गरी अस्पताल स्थानान्तरण गर्ने भन्दै चाँगुनारायण नगरपालिकामा वडा नम्बर ३ स्थित झौखेलमा जग्गा प्राप्ति गरेका ४ वर्ष पुग्न लाग्दा पनि निर्माण कार्य शुरु नभएपछि जनप्रतिनिधि र स्थानिय आक्रोषित भएका हुन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषद्ले २०७८ साल जेठ १३ गते केन्द्रकै माग बमोजिम झौखेलमा रहेको ३१ रोपनी ३ आना सार्वजनिक जग्गा ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो । तर जग्गा प्राप्तिको निर्णय भई अस्पतालका नाममा जग्गा लिज सम्झौता प्रमाणपत्र समेत प्राप्त भइसक्दा पनि अस्पताल प्रशासनले भवन निर्माणको काममा आलटाल गर्दै अएको छ । चाँगुनारायण नगरपालिकामा वडा नम्बर ३ का अध्यक्ष श्यामसुन्दर धिमालले जग्गा लिज दिने निर्णय भएको चार वर्षमा पनि अस्पताल प्रशासानले कुनै चासो नदेखाएको बरु विभिन्न बहानाबाजी गर्दै आलटाल गर्ने गरेको गुनासो गर्नुभयो ।

उहाँले अस्पताल निर्माणका लागि सरकारले डिपिआरको लागि मात्रै एक करोड र जग्गा समांकनका लागि २८ लाख रुपैयाँ छुट्याएकोमा हालसम्म रकम नै खर्च गर्न नसकेको भन्दै अहिले पनि अस्पताल निर्माणको लागि पर्याप्त बजेट दिएको उल्लेख गर्नुभयो । उहाँले अस्पतालको भवन निर्माणका काम तत्काल शुरु गर्न सम्बन्धित निकायलाई आग्रह पनि गर्नुभयो ।

केन्द्रले हाल अस्पतालको सेवा भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीमा रहेका साँंघुरो एउटा भबनबाट मात्रै दिँदै आएको छ । यता स्थानीयले भने राजनीतिक पहुँचको आधारमा अस्पताल अन्तै स्थानान्तरण गर्ने खेल भएको भन्दै आक्रोष जनाएका छन् । स्थानीयहरुले नगरकै गौरवको आयोजनाको रुपमा रहेको उक्त केन्द्र अन्तै स्थानान्तरण गर्न खोजिए त्यसको विरुद्धमा उत्रिने चेतावनी समेत दिएका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माणका कार्य शुरु नभएको भन्दै जनप्रतिनिधि र स्थानिय आक्रोषित भइरहँदा त्यसैको प्राङ्गणमा रहेको नेपाल मेडिकल कलेजले सञ्चालन गरेको सामुदायिक स्याटलाइट स्वास्थ्य केन्द्रको हालत भने दर्दनाक छ । कोरोना महामारीअघि भवय रुपमा सञ्चालन भइरहेको अस्पतालमा हाल भने प्रेसर र सुगरको जाँच बाहेक अन्य कुनैपनि सेवा उपलब्ध छैन । भारत सरकारको सहयोगमा निर्माण भएको उक्त अस्पतालमा डाक्टर समेत आउन छोडिसकेका छन् ।