४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी नेपाल डडेल्धुराकाे अध्यक्षमा लक्ष्मीकुमारी ऐर



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपाल डडेल्धुराको पाँचौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनले लक्ष्मीकुमारी ऐरको अध्यक्षतामा १३ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशनले खुल्ला उपाध्यक्षमा मदनराज भट्ट र महिला उपाध्यक्षमा भावना पौडेललाई चुनेको छ ।

यसै गरी सचिवमा ममता भट्ट निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा भुवन भण्डारी चुनिनु भएको छ ।

सहसचिव खुल्लामा वीरबहादुर भण्डारी निर्वाचित हुनुभएको छ भने समावेशी सहसचिवमा भोजराज ताम्रकार चुनिनु भएको छ ।