१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला



file
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले पार्टीले स्थापनाकालदेखि नै विपन्न नागरिकका पक्षमा काम गर्दै आएको बताएका छन्।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १९औँ स्थापना दिवस तथा रक्तदान कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा नेता डा कोइरालाले कांग्रेसले मुलुकका कम आय भएका नागरिक र किसानको हितमा स्थापनाकालदेखि नै काम गर्दै आएको उल्लेख गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं आप्रवासन विभाग प्रमुख प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगार व्यवसायलाई अनुशासित ढङ्गले अगाडि बढाउनुपर्ने बताए । उनले आगामी फागुनमा हुने लोकतान्त्रिक व्यवसायीको निर्वाचनमा लोकतान्त्रिक प्यानललाई जिताउन सबै लाग्नुपर्ने उल्लेख गरेका छन्।

एशोसिएसनका संस्थापक अध्यक्ष तिलक रानाभाटले मुलुकमा वैदेशिक रोजगारीको विकल्प नभएको बताए । एशोसिएसनका अध्यक्ष दीपक थापाले वैदेशिक रोजगार व्यवसायलाई ठगी खाने पेसा नभएर पवित्र पेसा हो भन्ने समाजलाई बुझाउन जरुरी रहेको उल्लेख गरेका छन्।

एशोसिएसनको स्थापना दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममा एक सय १७ जनाले रक्तदान गरेका अध्यक्ष थापाले बताए।