१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरौटीमा छुटे लेखा सभापति पोखरेलका पूर्वस्वकीय सचिव



अ+ अ-

काठमाडौं। पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख गठी गरेको आरोपमा पक्राउ परेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेल धरौटी बुझाएर रिहा भएका छन् ।

उनीविरूद्ध  बुधबार जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको थियो। जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गरेको हो।  बिहीबार जिल्ला अदालत मोरङले पोखरेलसँग ५ लाख धरौटी मागेको थियो । पोखरेलविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बुधबार मुद्दा दायर गरेको थियो ।

ठगी आरोपमा पक्राउ परेका उनीविरुद्ध ७ वर्षसम्म कैद सजाय र ७० हजार रुपैया जरिवाना मागदाबी गरिएको थियो । अनिलविरुद्ध पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने र होस्टलको समेत व्यवस्था गरिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।