३० असार २०८२, सोमबार
,
Latest
मन्त्रीका छोराको कार ठक्करपछि युवक गम्भीर घाइते, काठमाडौं रेफर विद्यालय अध्यक्षमाथिको दुर्व्यवहार प्रकरणमा राजनीतिक संलग्नता: तीन अभियुक्त पक्राउ अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा माडीमा रेबिजको सङ्क्रमण बढ्दो बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा विपक्षी दलको बहिष्कारका बीच मधेस प्रदेशसभाबाट बजेट पारित नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाअन्तर्गको कानून, न्याय तथा मानव अधिकार समितिमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वैदेशिक तथा आन्तरिक श्रमिक र रोजगारदातालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीलाई सुझाव दिनुभयो । उहाँले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेकुरा मन्त्रालय र मन्त्रीको सफलतासँग जोडिएको बताउनु भयो । उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकको हक र हितका लागि कानून मन्त्रालय सदैव सकारात्मक रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँ(श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री)ले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था हामी गर्दैछौं । जसमा ११ प्रतिशत व्यक्ति रोजगारदाता र २० प्रतिशत व्यक्ति सरकारले राख्ने र नेपालमा समेत श्रम गर्ने सबैलाई कोषमा आवद्ध गर्ने कुरा जुन राख्नुभयो । यो मन्त्रालयको सफलता र मन्त्रीको सफलतासँग जोडिन जान्छ भन्ने मलाई लागेको छ ।’

उहाँले सरकारले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नसके ठूलो र ऐतिहासिक उपलब्धी हुने बताउनु भयो ।