६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ दिनसम्म पनि रिपोर्ट नआउँदा जनप्रतिनिधि घरभित्रै



अ+ अ-

पाल्पा । तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जन होम आइसोलेसनमा बसेको आइतबार १३ दिन भयो । १० दिनअघि पीसीआर जाँचका लागि उनको स्वाब पठाए पनि अझै रिपोर्ट आएको छैन । कार्यपालिकाको बैठकमा सहभागी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि महर्जनसहित नगर प्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मी पाठकलगायत जनप्रतिनिधि होम आइसोलेसनमा बसेका छन् । नगरपालिका भदौ २६ गतेदेखि बन्द छ ।

अत्यावश्यक सेवाबाहेक सबै काम बन्द गरेर प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम बेल्वासेसहितका कर्मचारी स्वाब पठाएर होम आइसोलेसनमा बसेका छन् । ‘नतिजा छिटो आउला र कार्यालय खोल्ने भनेको १० दिन भइसक्यो,’ बेल्वासेले भने, ‘हामी अत्यावश्यक कामबाहेक अन्य काम नगरीकन घरमै बसेका छौं ।’

तानसेन नगरपालिकाले भदौ २६ गते २ सय ९, २८ गते १ सय ४७ र ३० गते ८७ जनाको स्वाब संकलन गरेर पठाएको थियो । आइतबार १ सय ४२ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आउन ढिलाइ हुँदा नगरपालिकाका अत्यावश्यकबाहेकका सबै सेवा प्रभावित भएको नगर प्रमुख शाहीले बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब क्युमा रहेकाले तानसेनले पठाएका स्वाब शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । कान्तिपुर दैनिक