२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलको अभियानमा सहभागी भएका ६ जना नेता एमालेको कारबाहीमा



अ+ अ-

काठमाडौं । अछाममा पार्टी हित विपरीत काम गर्ने ६ जना जिल्ला कमिटीका नेताहरूलाई नेकपा एमालेले कारबाही गरेको छ ।

भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानको पक्षमा लागि पार्टी हित विपरीत काम गर्नेलाई पार्टी जिल्ला कमिटीले कारबाही गरेको हो । पार्टी जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गरी पार्टीको विधान विपरीतका गतिविधिमा संलग्न भएकोले कारबाही गरिएको स्पष्ट पार्नुभएको छ ।

कारबाहीमा पर्नेमा जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर हुनुहुन्छ । उहाँलाई पार्टीको जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ । ‘मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमन्त्री एवं पार्टी केन्द्रीय कमिटीका अध्यक्षविरुद्ध अलोकतान्त्रिक र अशोभनीय नाराबाजी गरिएको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको प्रस्टै देखिन्छ,’ विज्ञप्तिमा लेखिएको ।

यस अघि पनि उहाँहरू पार्टी हित विरुद्धको गतिविधिमा लागेको विज्ञप्तिमा उल्लेख छ । त्यस बेला पार्टीप्रति पूर्ण प्रतिबद्ध रहने लिखित आत्मालोचनासहितको स्पष्टीकरण पेस गरेकाले एकटकका लागि कारबाहीको प्रक्रिया अगाडि नबढाउने निर्णय भएकोमा पुनः त्यस्ता गतिविधि दोहोर्‍याएकोले कारबाही गरिएको जनाइएको छ ।