१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड



अ+ अ-

कर्णाली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक अवस्था सहज नभएको बताउनुभएको छ ।

आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको बताउनुभएको हो ।

सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै विपक्षीको तर्फबाट संयुक्त वक्तव्य जारी गरेको उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले अबिलम्ब विशेष अधिवेशन बोलाउन माग गरेपछि बल्ल सरकारले यही माघ १८ गते अधिवेशन बोलाएको जानकारी दिनुभयो ।

आगामी अधिवेशनमा विपक्षी दलको नेताका हैसियतले सरकारका गतिविधिका बारेमा जनतालाई केही अपिल गर्ने उहाँको भनाइ छ ।