७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल

जलवायु परिवर्तनको असर र पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्न ‘सगरमाथा संवाद’

जलवायु परिवर्तनको असर र पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्न ‘सगरमाथा संवाद’
अ+ अ-

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद गर्ने घोषणा गर्नुभएको छ ।

जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आवश्यक रहेको भन्दै सरकारले सगरमाथा संवाद आयोजना गर्ने तयारी थालेको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तन र यसले पर्यतीय क्षेत्रमा पारेको असरबारे विश्व जगतलाई जानकारी गराउन सरकारले ‘सगरमाथा संवाद’ शुरु गरेको बताउनु भयो । गत मंगलवार सिंहदरबारमा एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वनमन्त्री ठकुरीले कार्बन उत्सर्जनमा न्युन भुमिका खेलेका नेपाल जस्ता पर्वतीय मुलुकहरुले सामना गर्नुपरेको जलवायुको असर, जलवायु कार्य गर्नको लागि आवश्यक पर्ने वित्त र प्रविधि हस्तान्तरणको विषयमा विश्व समुदायलाई जानकारी गराउनु संवादको मुल उद्देश्य रहेको बताउनु भयो । उहाँले संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (युएनएफसिसी) को वार्षिक क्यालेण्डर कार्यान्वयन र उसले गर्ने गतिविधिहरुमा नेपालजस्ता पर्वतीय देशहरुका एजेण्डा स्थापित गर्न नेपाल लागिपरेको बताउनु भयो ।

उहाँले सगरमाथा संवादले जलवायु परिवर्तनको कारण नेपाल र नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेका समस्या समाधानका लागि महत्वपूर्ण भुमिका खेल्ने मन्त्री ठकुरीको विश्वास छ । सम्मेलनमा जलवायु परिवर्तनको असर कम गर्न सहकार्य गर्दै आएका राष्ट्रहरुका सरकार प्रमुख तथा मन्त्रिहरुलाई आमन्त्रण गरिने मन्त्री शाहीले बताउनु भयो । उहाँले संवादमार्फत नेपालका सबै परिस्थितिहरुको बारेमा छलफल गर्दै अन्तर्राष्ट्रियस्तरमा पु-याउने संवादको मुख्य उद्देश्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो कार्यक्रमको  मुल उद्देश्य भनेको विशेषगरी पर्वतीय क्षेत्र भएका मुलकहले जलवायु परिवर्तनको कारणले भोग्नुपरेको परिस्थिति र पर्वतीय क्षेत्रदेखि लिएर सामुन्द्रिक किनारसम्मका भागहरुमा परेको असरका बारेमा विश्व जगतलाई जानकारी गराउने हो । कार्बन उत्सर्जनमा एकदमै न्युन भुमिका निर्वाह गर्ने नेपाल जस्ता देशहरुले भोग्नुपरेका जुन परिस्थितिहरु छन् ति र जलवायु वित्त र प्रविधिको विकास र प्रविधि हस्तान्तरणका विषयमा समेत सगरमाथा संवादमार्फत विश्वलाई जानकारी गराउने उद्देश्य हो । त्यसपछि युएनएफसिसीको वार्षिक क्यालेण्डर र उसले गर्ने गतिविधिहरुमा नेपाल जस्ता पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्नको लागि हामीले अहिले पनि धेरै प्रयास गरेका छौँ । आगामी दिनमा पनि सगरमाथा संवादले सहयोग गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं । जलवायु परिवर्तनको असर कम गर्न सहकार्य गर्दै आएका राष्ट्रहरुका सरकार प्रमुखहरु, राष्ट्र प्रमुखहरु र मन्त्रीहरुलाई आमन्त्रण गरेर उहाँहरुको उपस्थितिमा नेपालका सबै परिस्थितिहरुको बारेमा छलफल गर्ने र उहाँहरुका कुराहरु पनि सुन्ने र अन्तर्राष्ट्रिय स्तरमा पु-याउने संवादको उद्देश्य हो ।’

उहाँले सरकारले सगरमाथा संवाद गर्ने निर्णय कोरोना भाइरस संक्रमण फैलिनुभन्दा पहिले नै गरेको भएपनि विभिन्न समस्याको कारण गर्न नसकेको बताउनु भयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त प्रयासले सगरमाथा संवादको शुभारम्भ भएको बताउनु भयो । संवादको गृहकार्यको लागि सरकारले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा निर्देशन समिति समेत गठन गरेको उहाँले बताउनु भयो । उहाँले संवादमा पर्वतीय क्षेत्रमा सहकार्य गर्ने तथा दौत्य सम्बन्ध कायम भएका सबै मुलुकहरुलाई आमन्त्रित गरिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल