१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैनः सांसद भट्टराई

जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैनः सांसद भट्टराई
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सिमेन्टको मूल्य बढ्नुमा संयोग मात्रै नभएर नियत खराब भएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले निर्माणको सिजनमा मूल्य वृद्धि गरिनु संयोग मात्रै नभइ नियत खराबका साथ गरिएको देखिएको बताउनु भयो । उहाँले तीन महिनाअघिको तुलनामा ५० देखि ७५ प्रतिशत मूल्य वृद्धि भएको देखिएको बताउनु भयो ।

उहाँले उद्योगीहरूलाई लागतअनुसार उचित मूल्य लिन आग्रह गर्नुभयो । उहाँले उद्योगीहरूले कालोबजारी गरी कार्टेलिङ गर्न नपाउने बताउनु भयो । उहाँले व्यवसायीहरूले ठेक्कापट्टा लिने काम गर्ने अरु निजी काम गर्ने बेला सिमेन्टको मूल्य वृद्धि स्वीकार्न नसकिने बताउनु भयो । उहाँले ३५८ रुपैयाँ र ४५८ बाट करिव साढे ७ सय र ८ सय पुगेको देखिएको बताउनु भयो । उहाँले विद्युतको मूल्य बढेदा,ढुवानीको मूल्य बढ्दा, श्रमको मूल्य बढ्ढा र वस्तुको मूल्य बढ्दा मूल्य वृद्धि हुनसक्ने तर केहीको पनि मूल्य वृद्धि नभएको समयमा सिमेन्टको मूल्यवृद्धि गर्नु राम्रो नियतले नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ हाम्रो नेपालमा अब ठेक्कापट्टा लाग्ने अलिकति निर्माणको काम शुरु हुने मौसम हो। अत्याधिक र सँगसँगै हामीले उत्पादन गरेको वस्तुले नेपालको थप अरु औद्योगिक वातावरणमा व्यवसायिक वातावरणमा कति मद्दत पुगेको छ । व्यवसायीहरूले ठेक्कापट्टा लिने काम गर्ने अरु निजी काम गर्ने बेला पनि यही हो चिन्ताजनक कुरा हो यो स्वीकार्न सकिने छैन के थियो उत्पादन र स्वदेशी बजारको सुरक्षा त्यसैले राज्यको भुमिका कहाँनेर हुन्छ भन्नेकुरा बुझ्नुपर्छ । उद्योगीहरूले नाफा लिने हो त्यो भन्दा माथि जाने कुरा चाहीँ राम्रो होइन भन्ने मलाई लाग्छ र अहिले जुन मूल्यवृद्धि भएको छ । त्यो मूल्य बढ्नु संयोग मात्र नभएर नियत खराब छ कि कतै रु जसमा ३५८ रुपैयाँ र  ४५८ बाट करिब साढे ७ सय र ८ सय पुग्ने भनेको देखिन्छ । त्यस्तै अब विद्युतको मूल्य बढेको छ कि ढुवानीको मूल्य बढेको छ कि श्रमको मूल्य बढ्या छ कि त्यसो हो भने वस्तुको मूल्य बढ्नसक्छ आजको हाम्रो जस्तो अर्थतन्त्रमा त्यो अ ठिकै कुरा हो भन्ने लाग्छ । त्यसो भएको हुनाले चाहिँ स्वभाविक मान्न सकिँदैन र यसलाई तपाईहरुले पुनर्विचार गर्नै पर्छ। उद्योग व्यवसाय साथीहरुले पुनर्विचार गर्नैपर्छ ।’

उहाँले नेपालको आफ्नै कच्चा पदार्थमा मलतः नेपाली प्रविधि र जनशक्ति नेपालमा ठूलो पुँजी परिचालन गरेको बताउनु भयो । उहाँले यसले नेपालको राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो ।