१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाराष्ट्रमा भवन भत्किँदा दश जनाको मृत्यु, उद्धारको काम जारी



अ+ अ-

नयाँ दिल्ली । भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ । महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो । 

तीन तल्ले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्यान गएको थियो । सो भवन सोमबार बिहान ४ः४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
त्यस भवनमा रहेका अरु पाँच जना नराम्ररी घाइते भएका छन् । उनीहरुलाई बिहानै स्थानीय अस्पतालमा पु¥याइएको बताइएको छ । 

सो भवनमा पुरिएका व्यक्तिलाई तत्कालै उद्धार गरी निकालिएको भारतको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जनाएको छ । उक्त एनडिआरएफका अधिकारीहरुले सोमबार बिहान अबरेसम्म पनि उद्धारको काम जारी रहेको बताएका छन् । 

त्यस भत्किएको भवनको भग्नावशेषभित्र केही व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम तत्कालै थालिएको पनि उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।त्यस भवनमा २० देखि २५ जनासम्म व्यक्ति च्यापिएर रहेका थिए । उनीहरुमध्ये करिब २० जनालाई उद्धार गरी निकालिएको छ । 

थप च्यापिएर रहेका व्यक्तिको उद्धारको काम जारी रहेको उद्धार अधिकारीहरुले जानकारी दिएका छन् । रासस