४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र इंग्ल्याण्डबीचको पहिलो टी–२० आज



अ+ अ-

एजेन्सी । भारत र इंग्ल्याण्डबीचको ५ खेलको टी–२० सिरिजको पहिलो खेल आज हुँदैछ । कोलकाताको इडेन गार्डेन रंगशालामा १३ वर्षपछि दुवै टोली भिड्दैछन् ।

अन्तिम पटक यहाँ दुई टोली सन् २०११ मा भिड्दा इंग्ल्याण्ड ६ विकेटले विजयी भएको थियो । सन् २००७ को विश्वकपमा भारत र इङ्ल्यान्डबीचको पहिलो टी–२० खेल भएको थियो । सन् २००७ देखि यी दुई टोलीबीच २४ वटा टी–२० खेल भएका छन् ।

भारतले १३ र इङ्ल्यान्डले ११ खेल जितेका छन् । दुवै टोलीले भारतमा ११ खेल खेलेका छन्, यहाँ पनि भारत अगाडि छ । टोलीले ६ खेल जितेको छ भने इंग्ल्याण्डले ५ खेल जितेको छ ।

भारतीय फास्ट बलर मोहम्मद शामी यो खेलबाट फर्किने सम्भावना छ । उनले सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलको १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्नेछन् । उनले आफ्नो अन्तिम खेल १९ नोभेम्बर २०२३ मा अस्ट्रेलियाविरुद्ध खेलेका थिए ।

टी–२० मा भारतका सर्वाधिक स्कोरर रोहित शर्मा हुन् । उनको नाममा १५९ खेलमा ४२३१ रन छ । जहाँ दोस्रो स्थानमा रहेका विराट कोहलीले १२५ खेलमा ४१८८ रन बनाएका छन् । तर, यी दुवै खेलाडीले यो फर्म्याटबाट सन्यास लिएका छन् । तेस्रो नम्बरमा सूर्यकुमार यादव छन् । जसले ७८ खेलमा २५७० रन बनाएका छन् ।

बलिङमा युजभेन्द्र चहलले सबैभन्दा बढी ९६ विकेट लिएका छन् तर उनी यो सिरिजमा परेका छैनन् । अर्शदीप सिंह ९५ विकेट लिएर दोस्रो स्थानमा छन् । आज अर्शदीपले २ विकेट लिने बित्तिकै चहललाई पछि पार्नेछन् ।

इंग्ल्याण्डका सेतो बलका कप्तान जोस बटलर टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १२९ टी–२० खेलमा ३३८९ रन बनाएका छन् । अदिल रसिद सर्वाधिक (१२६) विकेट लिने इंग्लिस खेलाडी हुन् ।